४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट

कक्षा ११ को छात्रवृत्ति परीक्षामा गलत विवरण पेस गरे परीक्षा र भर्ना रद्द हुने

कक्षा ११ को छात्रवृत्ति परीक्षामा गलत विवरण पेस गरे परीक्षा र भर्ना रद्द हुने
फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति परीक्षामा गलत विवरण पेस गरे परीक्षा र भर्ना रद्द गर्ने भएको छ । कामपाको शिक्षा शाखाले कक्षा ११ मा अध्ययन गर्ने नयाँ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन एकीकृत परीक्षा सञ्चालन गर्न लागेको हो ।

साउन २० गते हुने परीक्षाको लागि विद्यार्थीले गलत विवरण पेस गरी झुठो ठहरिए आवेदन फारम रद्द गरिनुका साथै भर्नासमेत रद्द गरी शैक्षिक कार्यक्रमबाट निष्कासन गर्ने निर्णय गरेको छ । छात्रवृत्ति परीक्षाको लागि फारम भर्दादेखि परीक्षा दिँदासमेत परीक्षाको महत्वलाई ख्याल गर्नुपर्नेमा कामपा शिक्षा शाखा प्रमुख सीताराम कोइरालाले जोड दिनुभयो ।

कामपाले संस्थागत विद्यालयमा भर्ना भएका जम्मा विद्यार्थीमा १० प्रतिशत छात्रवृत्ति दिन परीक्षा लिन लागेको छ । यसअघि भनसुनको आधारमा मनपरी रूपमा छात्रवृत्ति दिने प्रचलन रहेकोमा कमपाले सो प्रचलन खारेज गरी प्रभावकारी ढंगले सञ्चालन गर्न नयाँ प्रणाली शुरू गरेको हो ।

महानगरले छात्रवृत्ति छनोट व्यवस्थाअनुसार संस्थागत विद्यालयले उपलब्ध गराउने १० प्रतिशत छात्रवृत्तिलाई सत्प्रतिशत मानेर निर्णय गरेको छ । जसअनुसार सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि ४०, संस्थागत विद्यालयबाट छात्रवृत्तिमा अध्ययन गरेकालाई ५, महानगरमा स्थानिय बासिन्दालाई ९ र ल्यान्डफिल साइट प्रभावितक्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययनरत विद्यार्थीको लागि १ प्रतिशत छात्रवृत्ति छुट्याएको छ ।

यस्तै महानगरले बाँकि ४५ प्रतिशत छात्रवृत्तिमध्ये छात्रालाई ३३, खस आर्यलाई १७, आदिवासी/जनजातिलाई १५, मधेसीलाई १२, दलितलाई ९, थारू र पिछडिएका क्षेत्रका व्यक्तिलाई गरी ४/४, मुस्लिम र थारूलाई २/२ र सहिद र बेपत्ता परिएका नागरिक र द्वन्द्वपीडित नागरिकका परिवारलाई २ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

पिछडिएको क्षेत्रका व्यक्तिका रूपमा अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास गरिरहेका विद्यार्थीलाई मानिने महानगरले जनाएको छ । नेपाल समाचारपत्र