२३ असार २०८३, मंगलवार
,
Latest
दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड ‘अधिकार प्रयोगको सम्बन्धमा महिला आयोग ‘निरीह’ बन्नुहुँदैन’ स्थानीय सरकार गैरदलीय हुनुपर्छः महिला आयोग काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले संसद विघटन गरेर जनता र देशप्रति अक्षम्य धोका दियो : नेतृ कोइराला



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सरकारले संसद विघटन गरेर जनता र देशप्रति अक्षम्य धोका दिएको बताएकी हुन् । शनिवार बिहान सामाजिक सञ्जालमा आफ्नो बिचार राख्दै नेतृ कोइरालाले विभिन्न बहानामा नेपाललाई रणभूमी बनाउने षड्यन्त्र गरेको बताएकी हुन्। 

“आज सम्पूर्ण देश र जनता कोरोना महामारीको पीडाबाट छटपटाइरहेको अवस्थामा प्रधानमन्त्री तथा रास्ट्रपतिबाट मध्यरातमा संसद भङ्ग गर्ने र मध्यावधि चुनावको मिति तोक्ने दुर्भाग्यपूर्ण निर्णय गरिएको छ। यसले लामो संघर्ष र बलिदानीबाट प्राप्त लोकतन्त्र र संविधानमाथि ठाडो प्रहार भएको छ । संविधानको रक्षा र पालना गर्नुपर्ने संस्था नै बारम्बार  संविधानको मर्ममाथि प्रहार गर्ने र देशलाई अस्थिरताको चक्रमा   लैजाने नियोजित पात्रको रुपमा प्रयोग हुनु दुःखद हो,” उनले भनेकी छिन्, “कोरोना महामारीबाट देश  नै थलिएको अवस्थामा निर्वाचननको तयारी कसरी हुन सक्छ ? यो कदम केवल देशलाई द्वन्दमा लैजाने, अस्थिरता सिर्जना गर्ने र विभिन्न बहानामा नेपाललाई रणभूमी बनाउने षडयन्त्रको एउटा कडी  हो ।” उनले भनिन् ।