२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

आजदेखि काभ्रेका थप पाँच स्थानीय तह ‘शिल’

आजदेखि काभ्रेका थप पाँच स्थानीय तह ‘शिल’
अ अ+ अ-

काभ्रेपलाञ्चोक । पछिल्ला दिन कोरोना भाइरस सङ्क्रमणदर बढ्दै गएपछि सङ्क्रमणको उच्च जोखिम रहेको जनाउँदै काभ्रेपलाञ्चोकका थप पाँच स्थानीय तहले आजदेखि आफ्नो क्षेत्र ‘शिल’ गरेका छन् । धुलिखेल नगर, पनौती नगर, पाँचखाल नगरपालिका, रोशी र भुम्लु गाउँपालिकाले आजदेखि स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवाबाहेक सबै पूर्णरूपमा बन्द गरेको जनाएका हुन् ।

जिल्लामा अन्य स्थानीय तहभन्दा कोरोना सङ्क्रमणदर उच्च सङ्ख्यामा रहेको जनाउँदै बनेपा नगरले आइतबारदेखि नै एक हप्ताका लागि आफ्नो क्षेत्र शिल गरेको थियो । उसले मर्निङवाकसमेत गर्न दिएको छैन । “अन्य स्थानीय तहभन्दा बनेपामा सङ्क्रमण उच्च रहेपछि औषधि पसल र अस्पतालबाहेकका सबै सेवा बन्द गर्नुका साथै मर्निङवाकसमेत प्रतिबन्ध लगाउनुप¥यो”, बनेपा नगरप्रमुख लक्ष्मीनरसिंह वादेले भन्नुभयो । बनेपा जिल्लाको प्रमुख शहर हो । 

पाँचखाल नगरले बन्दमा मदिराजन्य पसल सञ्चालन गरे छ महिना अनुमति खारेज गरी रु ५० हजार जरिवानासमेत गर्ने जनाउँदै आजदेखि एक साता नगर शिल गरिएको घोषणा गरेको छ । धुलिखेल र पनौती नगरले अत्यावश्यक सेवा र औषधि पसलबाहेकको सबै सेवा आज राति १२ बजेदेखि चार दिनका लागि बन्द गरेको जनाएका छन् । रोशी गाउँपालिकाले पनि अत्यावश्यक सेवाबाहेक गए राति १२ बजेदेखि आगामी बुधबार राति १२ बजेसम्म पाँच दिन शिल गरेको छ भने भुम्लु गाउँपालिकाले आजदेखि एक साताका लागि शिल गरेको जनाएको छ ।
 
साथै शिल गरिएका स्थानीय तहले फोहरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युत् सेवाप्रदायक निकायले न्यूनतम कर्मचारीमार्फत स्वास्थ्यका आधारभूत मापदण्ड अपनाएर सेवा प्रवाह गर्न प्रबन्ध मिलाउनेसमेत निर्देशन दिएका छन् । सूचना विभागबाट जारी प्रेस पासवहाक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइने स्थानीय तहद्वारा जारी सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयले गत आइतबारदेखि जिल्लामा एक साता निषेधाज्ञा थप गरेको छ । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । केही गाउँपालिकाले पनि निषेधाज्ञामा थप कडाइ गरेको जनाउँदै आएका छन् । 

यसैबीच पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकमा १९७ मा कोरोना सङ्क्रमण पुष्टि भयो । अघिल्लो दिन ५९२ तथा बिहीबार २८२ मा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)ले जनाएको छ । साथै दैनिक ५० को हाराहारीमा कोरोना सङ्क्रमणमुक्त हुने गरेका छन् भने सरदर चारको मृत्यु हुने गरेको केन्द्रको तथ्याङ्कले देखाएको छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता जिल्लामा हाल दुई हजार ४६९ सक्रिय सङ्क्रमित रहेका छन् । जिल्लामा सबैभन्दा बढी बनेपा नगरमा २८ दशमलव ४७ प्रतिशत अर्थात् ७०३ सङ्क्रमित छन् । कूल सङ्क्रमितमध्ये धुलिखेलमा ५४७, पनौतीमा ४९६, पाँचखालमा १६२, नमोबुद्धमा ११०, मण्डनदेउपुरमा १४२ तथा रोशी गाउँपालिकामा ६३, चौँरीदेउरालीमा २९, तेमालमा २८, भुम्लु ६७, खानीखोलामा ३९, बेथानचोकमा ४१ र महाभारत गाउँपालिकामा ४२ सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनाएको छ । कूल सङ्क्रमितमध्ये ९५ प्रतिशत अर्थात् दुई हजार ३५० सङ्क्रमित होमआइसोलेशनमा उपचाररत छन् । हालसम्म जिल्लाका ९९ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । 

चौँरीदेउराली गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

बनेपा — जिल्लाको कोशीपारिस्थित चौँरीदेउराली गाउँपालिकालाई कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सहयोग पु¥याउने उद्देश्यले स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । सो गाउँपालिकाको वडा नं ७ मादनकुँडारी निवासी समाजसेवी कुलबहादुर लामा र एलबी लामाको सक्रियतामा उक्त सामग्री उपलब्ध गराइएको हो ।

गाउँपालिका कार्यालयमा नै पुगेर शुक्रबार पालिका अध्यक्ष दिननाथ गौतमलाई पाँच÷पाँच लिटरका तीन थान अक्सिजन कन्सनट्रेटर मेसिन हस्तान्तरण गरियो । अक्सिजन अभावका कारण सङ्क्रमितको मृत्युसम्म हुनसक्ने अवस्था गाउँपालिकामा सिर्जना नहोस् भन्ने उद्देश्यले उक्त सामग्री सहयोग गरेको समाजसेवी कुलबहादुरले बताउनुभयो ।
 
गाउँपालिका अध्यक्ष गौतमले विषम परिस्थितिमा प्राप्त स्वास्थ्य सामग्रीले गाउँपालिकाले गर्दै आएको कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा थप सहयोग पुग्ने बताउनुभयो । उक्त सामग्री धुसेनी शिवालय प्राथमिक अस्पतालमा प्रयोग गरिनेछ । 

गाउँपालिकाले सङ्क्रमित व्यक्तिको उपचारका लागि तीन ठाउँमा गरी १८ शय्याको अक्सिजन सिलिण्डरसहितको आइसोलेसन केन्द्र व्यवस्थापन गरिसकेको छ । गाउँपालिका अध्यक्ष गौतमका अनुसार गाउँपालिकाले वडा नं ५ को धुसेनी शिवालय प्राथमिक अस्पतालमा १० शय्या, वडा नं २ मा रहेको डिसीडब्लुसी अस्पतालमा पाँच शय्या र वडा नं ३ को सलम्बुमा रहेको धुलिखेल अस्पतालको आउटरिच केन्द्रमा तीन शय्याको आइसोलेशन कक्ष व्यवस्थापन गरेको हो ।

त्यससँगै गाउँपालिकासँगको समन्वयमा पालिकाभित्रमा कोभिड–१९ विरुद्धमा सचेतना फैलाउन स्वायंमसेवी समूह नै गठन गरेर काम गरिरहेको छ । सो समूहले गाउँपालिकाको प्रत्यक्ष मातहतमा रही स्थानीय युवाहरुको सक्रियतामा सचेतनाका विभिन्न गतिविधि सञ्चालन गर्नुको साथै कोभिड–१९ सङ्क्रमण रोकथाम, उपचार अभियानलाई सहयोग गर्दै आइरहेको छ ।