२३ असार २०८३, मंगलवार
,
Latest
कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट भारतमा ४ हजार बढीको मृत्यु



अ+ अ-

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घन्टाको अवधिमा ४,१९४ जनाको मृत्यु भएको छ । यो सहित कूल मृत्यु भएका व्यक्तिको संख्या २,९५,५२५ पुगेको छ । 

पछिल्लो २४ घन्टामा थप २ लाख ५७ हजार संक्रमित फेला परेका छन् ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कूल २ करोड ६२ लाख ८९ हजार व्यक्ति संक्रमित भएका छन् जसमध्ये २ करोड ३० लाख व्यक्ति  संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या २९ लाख २३ हजार रहेको छ । 

गत जनवरीदेखि खोप अभियान थालेको भारतमा हालसम्म १९ करोड ३३ लाख डोज खोप लगाइएको मन्त्रालयले जनाएको छ ।