काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घन्टाको अवधिमा ४,१९४ जनाको मृत्यु भएको छ । यो सहित कूल मृत्यु भएका व्यक्तिको संख्या २,९५,५२५ पुगेको छ ।
पछिल्लो २४ घन्टामा थप २ लाख ५७ हजार संक्रमित फेला परेका छन् ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कूल २ करोड ६२ लाख ८९ हजार व्यक्ति संक्रमित भएका छन् जसमध्ये २ करोड ३० लाख व्यक्ति संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या २९ लाख २३ हजार रहेको छ ।
गत जनवरीदेखि खोप अभियान थालेको भारतमा हालसम्म १९ करोड ३३ लाख डोज खोप लगाइएको मन्त्रालयले जनाएको छ ।











