१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहिद स्मारक ए डिभिजन लिगका दशौँ चरणका खेल शुक्रवारबाट



file
अ+ अ-

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगका बाँकी खेल शुक्रबारबाट सुचारु हुँदैछन् । शुक्रवारबाट सुचारु हुने लिगमा रेलिगेशनमा क्षेत्रमा रहेको फ्रेन्ड्सले ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्दै छ । दुबै टोली शुक्रवार आमने समाने हुँदै दुबै टोली रेलिगेशन क्षेत्र भन्दा माथि पुग्न स्पष्ट तीन अंकका लागि प्रतिस्पर्धा गर्दैछन् । 

दशौँ चरणका खेल शुक्रवारबाट आरम्भ हुँदा दिनको पहिलो खेल लिगको पुछारमा रहेको फ्रेन्ड्सले ब्रिगेड ब्वाइज सँग प्रतिस्पर्धा गर्दै छ । दुबै टोली मैदान उत्रिँदा दुबैलाई रेलिगेशनबाट बच्नका लागि प्रतिस्पर्धा गर्नु पर्नेछ । बिहीवार खेल अघिको पत्रकार सम्मेलनमा दुबै टोलीले जितका लागि खेल्ने बताएका छन् । तालिकाको पुछारमा रहेको टोली फ्रेन्ड्सका प्रशिक्षक म्रिगिन्द्र मिश्रले कोरोनालाई भ्याक्सिन आवश्यक भए जस्तै आफ्नो टोली रेलिगेशनबाट बच्न तीन अंक आवश्यक भएको बताउनुभयो ।

यस्तै रेलिगेशन क्षेत्रको दोस्रो स्थानमा रहेको ब्रिगेड ब्वाईज पनि फ्रेन्ड्सविरुद्ध मैदान उत्रिँदा तीन अंकका लागि नै प्रतिस्पर्धा गर्नेछ । किनभने ब्रिगेडलाई पनि रेलिगेशन क्षेत्र टार्न निकै संघर्ष गर्नु परेको छ । सोही कारण ब्रिगेड ब्वाइजका प्रशिक्षक समिर विष्टले फ्रेन्ड्सविरुद्ध गर या मरको खेल भएकाले जित बाहेकको विकल्प नभएको बताउनुभयो ।

दशाँै चरण अन्तगर्तको खेलमा थ्री स्टारले बलियो मनाङ मस्र्याङ्दीविरुद्ध खेल्दै छ । अघिल्ला खेलमा अनपेक्षित नतिजा निकालेको थ्री स्टारलाई पुरानो शाख जोगाउने लक्ष्यका साथ मैदान उत्रिँदै छ । चिर परिचित प्रतिद्वन्द्वीविरुद्ध मैदान उत्रिन थ्री स्टार तयार भएको प्रशिक्षक उर्जन श्रेष्ठले बताउनुभयो । उहाँले अघिल्ला संस्करणमा मनाङलाई हराउँदै इतिहास बनाएकोले तीन अंक खोस्नका लागि खेल्ने बताउनुभयो ।

दशौँ चरणको लिग अन्तर्गत शीर्ष स्थानको मच्छिन्द्रले च्यासल युथ क्लबसँग खेल्दै छ । मच्छिन्द्रका प्रशिक्षकले च्यासलसँगको खेलमा जित निकाले दोस्रो स्थानका टोलीसँग अग्रता तीन अंक भन्दा बढी  मिल्दा उपाधि होडलाई सहज हुने भन्दै तीन अंकका लागि खेल्ने बताउनुभयो । लिगमा नवौँ चरणको खेल सकिँदासम्म मच्छिन्द्र २३ अंकका साथ तालिकाको पहिलो स्थानमा रहँदा १९ अंक जोडेर मनाङ दोस्रो स्थानमा छ । मनाङ भन्दा दुई अंकले पछि रहेको त्रिभुवन आर्मी फुटबल क्लब पनि शीर्ष तीन भित्र अटाउने रणनीतिका साथ आउँदा खेलमा प्रतिस्पर्धा गर्दै छ ।