१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी

सहिद स्मारक ए डिभिजन लिगका दशौँ चरणका खेल शुक्रवारबाट

सहिद स्मारक ए डिभिजन लिगका दशौँ चरणका खेल शुक्रवारबाट
file
अ अ+ अ-

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगका बाँकी खेल शुक्रबारबाट सुचारु हुँदैछन् । शुक्रवारबाट सुचारु हुने लिगमा रेलिगेशनमा क्षेत्रमा रहेको फ्रेन्ड्सले ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्दै छ । दुबै टोली शुक्रवार आमने समाने हुँदै दुबै टोली रेलिगेशन क्षेत्र भन्दा माथि पुग्न स्पष्ट तीन अंकका लागि प्रतिस्पर्धा गर्दैछन् । 

दशौँ चरणका खेल शुक्रवारबाट आरम्भ हुँदा दिनको पहिलो खेल लिगको पुछारमा रहेको फ्रेन्ड्सले ब्रिगेड ब्वाइज सँग प्रतिस्पर्धा गर्दै छ । दुबै टोली मैदान उत्रिँदा दुबैलाई रेलिगेशनबाट बच्नका लागि प्रतिस्पर्धा गर्नु पर्नेछ । बिहीवार खेल अघिको पत्रकार सम्मेलनमा दुबै टोलीले जितका लागि खेल्ने बताएका छन् । तालिकाको पुछारमा रहेको टोली फ्रेन्ड्सका प्रशिक्षक म्रिगिन्द्र मिश्रले कोरोनालाई भ्याक्सिन आवश्यक भए जस्तै आफ्नो टोली रेलिगेशनबाट बच्न तीन अंक आवश्यक भएको बताउनुभयो ।

यस्तै रेलिगेशन क्षेत्रको दोस्रो स्थानमा रहेको ब्रिगेड ब्वाईज पनि फ्रेन्ड्सविरुद्ध मैदान उत्रिँदा तीन अंकका लागि नै प्रतिस्पर्धा गर्नेछ । किनभने ब्रिगेडलाई पनि रेलिगेशन क्षेत्र टार्न निकै संघर्ष गर्नु परेको छ । सोही कारण ब्रिगेड ब्वाइजका प्रशिक्षक समिर विष्टले फ्रेन्ड्सविरुद्ध गर या मरको खेल भएकाले जित बाहेकको विकल्प नभएको बताउनुभयो ।

दशाँै चरण अन्तगर्तको खेलमा थ्री स्टारले बलियो मनाङ मस्र्याङ्दीविरुद्ध खेल्दै छ । अघिल्ला खेलमा अनपेक्षित नतिजा निकालेको थ्री स्टारलाई पुरानो शाख जोगाउने लक्ष्यका साथ मैदान उत्रिँदै छ । चिर परिचित प्रतिद्वन्द्वीविरुद्ध मैदान उत्रिन थ्री स्टार तयार भएको प्रशिक्षक उर्जन श्रेष्ठले बताउनुभयो । उहाँले अघिल्ला संस्करणमा मनाङलाई हराउँदै इतिहास बनाएकोले तीन अंक खोस्नका लागि खेल्ने बताउनुभयो ।

दशौँ चरणको लिग अन्तर्गत शीर्ष स्थानको मच्छिन्द्रले च्यासल युथ क्लबसँग खेल्दै छ । मच्छिन्द्रका प्रशिक्षकले च्यासलसँगको खेलमा जित निकाले दोस्रो स्थानका टोलीसँग अग्रता तीन अंक भन्दा बढी  मिल्दा उपाधि होडलाई सहज हुने भन्दै तीन अंकका लागि खेल्ने बताउनुभयो । लिगमा नवौँ चरणको खेल सकिँदासम्म मच्छिन्द्र २३ अंकका साथ तालिकाको पहिलो स्थानमा रहँदा १९ अंक जोडेर मनाङ दोस्रो स्थानमा छ । मनाङ भन्दा दुई अंकले पछि रहेको त्रिभुवन आर्मी फुटबल क्लब पनि शीर्ष तीन भित्र अटाउने रणनीतिका साथ आउँदा खेलमा प्रतिस्पर्धा गर्दै छ ।