२३ असार २०८३, मंगलवार
,
Latest
कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्विजरल्यान्डद्वारा ९४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग



अ+ अ-

काठमाडौँ । नेपाललाई कोभिड–१९ विरुद्ध लडाइमा स्विजरल्यान्ड सरकारले ८० लाख अमेरिकी डलर (करिब ९४ करोड नेपाली रुपैयाँ) बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

शनिबार उक्त स्वास्थ्य सामग्री नेपालका लागि स्विस राजदूत एलिजावेथ भोन क्यापेलरले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी हुन् ।

स्विस दूतावासद्वारा जारी विज्ञप्तिअनुसार झन्डै ३० टन स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । नेपाललाई दिइएको स्वास्थ्य सामग्रीहरुमा ४० भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, ११ लाख एन्टिजेन, १ लाख १० हजार केएन–९५ मास्क, ५० हजार पन्जा र १५ हजार पीपीई सेट रहेका छन् ।

राजदूत क्यापेलरले स्विजरल्यान्ड कोभिड–१९ महामारीविरुद्धको लडाइँमा नेपाल र नेपालीहरुसँग ऐक्यबद्धतामा उभिने बताइन् ।