काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका ज्वाई जिवन आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नालायकको संज्ञा दिंदै ओली मानसिक रोगी भएको बताएका छन् । नेविसंघ हुंदै माओवादी केन्द्रमा पुगेका आचार्यले सामाजिक संजाल फेसबुकमा ओली मानसिक रोगी भएकाले उनको विकल्प खोज्नुपर्ने बताएका हुन्।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीमाथी पनि गम्भिर आरोप लगाउदै भण्डारी एकरति पनि बुद्धि नभएकी तर नाम चांही विद्या भएकी एक महिला, जसले महिलालाई केवल पुरुषको खेलौंना मात्र हुन भन्ने प्रमाणित गर्न गर्ने नगर्ने सवै गरेको आरोप लगाएका छन् ।
आचार्यले माओवादीले केन्द्र एमालेबीच गठनवन्धन हुंदा प्रदेशसभामा टिकट पाएपनि पराजित भएका थिए । माओवादी नेता अमनलाल मोदीको क्षेत्रमा उनलाई अर्को क्षेत्रमा पठाएर आर्चायलाई टिकट दिइएको थियो ।
यस्तो छ उनको फेसबुक स्टाटस












