२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

मुलुकलाई असंवैधानिक तवरबाट निर्वाचनमा धकेल्नु आपत्तिजनक : महामन्त्री कोइराला

मुलुकलाई असंवैधानिक तवरबाट निर्वाचनमा धकेल्नु आपत्तिजनक : महामन्त्री कोइराला
file
अ अ+ अ-

काठमाडौं । कांग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाले प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा गरिएको संसद विघटनले जनताको अभिमतमाथी कुठाराघात गरेको बताएका छन ।प्रधानमन्त्री र राष्ट्रपतिको पछिल्लो कदमपछी बिज्ञप्ती जारी गर्दै महामन्त्री कोइरालाले यस्तो बताएका हुन ।

राष्ट्रपतिले आह्वान गरे अनुरुपनै कांग्रेस सभापती शेर बहादुर देउबाको नेतृत्वमा सरकार बनाउन बहुमतको हस्ताक्षरसहित पेश गरिएको दाबिलाई पन्छाउदै मध्य रातमा संसद विघटन गरिनु झालझेलपुर्ण ,असंवैधानिक र अलोकतान्त्रिक भएको डा.कोइरालाले बिज्ञप्तिमार्फत दाबी गरेका छन ।

संविधानको धारा ७६ सरकार गठनका लागी भएको र उक्त धाराले संसद विघटनको परिकल्पना नगरेको भन्दै कोइरालाले बैकल्पिक सरकार बन्ने सम्भाबना हुँदा हुँदै संसद विघटन गरिनु संविधानको खिलाफमा रहेको पनि स्पस्ट पारेका छन ।

देशले कोरोना महामारीका झेलिरहेका बेला मुलुकलाई असंवैधानिक तवरबाट निर्वाचनमा धकेल्नु आपत्तिजनक भएको कोइरालाले बिज्ञप्तिमा उल्लेख गरेका छन । महामन्त्री डा. कोइरालाले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमको बिरोध गर्दै संविधानको रक्षा गर्न र देशलाई अन्योलतातर्फ जानबाट बचाउन पनि सबैलाई आग्रह गरेका छन ।

नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा गरिएको संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रीक ठहर गर्दै राजनीतिक र कानुनी लडाईं लड्ने निर्णय गरिसकेको छ ।प्रधानमन्त्री र राष्ट्रपतिको संविधान उलङ्घनको पछिल्लो शृङ्खलालाई कानुनबिदहरुले समेत असंवैधानिक भनेका छन भने सामाजिक सञ्जालमा प्रधानमन्त्री र राष्ट्रपतिको चर्को आलोचना शुरु भएको छ ।