२३ असार २०८३, मंगलवार
,
Latest
दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड ‘अधिकार प्रयोगको सम्बन्धमा महिला आयोग ‘निरीह’ बन्नुहुँदैन’ स्थानीय सरकार गैरदलीय हुनुपर्छः महिला आयोग काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाविरुद्ध लड्न चीनले बंगलादेशलाई सघाउने



अ+ अ-

एजेन्सी । चीनले कोभिड १९ का विरुद्धमा लड्नका लागि दक्षिण एसियाली छिमेकी राष्ट्र बंगलादेशलाई सहयोग गर्ने जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले सो कुरा बताउनुभएको हो । उहाँले कोभिडका विरुद्धमा लड्नका लागि चीनले बंगलादेशलाई सहगोग गर्न तयार छ र आगामी दिनमा यस महामारीका विरुद्धमा लड्नका लागि अवाश्यक सहयोग गर्ने छ भन्नुभएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार बंगलादेशका विदेशमन्त्रीसँगको फोनवार्ताका क्रममा सो प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ । शनिबार बिहान चिनियाँ विदेशमन्त्री वाङ यी र बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमिनसँग फोनवार्ता गर्नुभएको थियो ।

त्यस वार्ताका क्रममा चिनियाँ विदेश मन्त्री यीले चीन र बंगलादेश दुई असल मित्र राष्ट्र भएकोले विगत लामो समयदेखि नै एक अर्काको सहयोगमा निरन्तरता दिइ आएको पनि बताउनुभयो ।

उहाँले चीन बंगलादेशको स्वतन्त्रता, राष्ट्रियता, क्षेत्रीय अखण्डताकाका पक्षमा रहेको र आगामी दिनमा पनि रहने पनि सो फोनवार्ताका क्रममा दोहोराउनुभएको समाचारमा जनाइएको छ ।

विदेश मन्त्री यीले हाल विश्वमा फैलिएको कोरोना भाइरस मानवीयता विरुद्धको सत्रु नै रहेकोले विश्वका कतिपय देशलाई यस भाइरसका विरुद्धमा लड्नका लागि चीनले सहयोग गरिरहेको र बंगलादेशलाई पनि  आगामी दिनमा कोभिडका विरुद्धमा लड्न सहयोग गर्ने बताउनुभएको थियो ।