२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत

एमसीसीमा सरकारले राष्ट्रिय सहमति खोज्ने प्रयास गरिरहेको छः अर्थमन्त्री

एमसीसीमा सरकारले राष्ट्रिय सहमति खोज्ने प्रयास गरिरहेको छः अर्थमन्त्री
अ अ+ अ-

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले एमसीसी परियोजनाको सम्बन्धमा सरकारले राष्ट्रिय सहमती खोज्ने प्रयास गरिरहेको बताउनुभएको छ ।

बिहीवार अर्थमन्त्रालयमा आयोजित चालु आर्थिक बर्षको बजेटको अर्धवार्षिक समिक्षा मूल्यांकन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले एमसीसी परियोजनाको सम्बन्धमा राजनीतिक दलहरुका बिचमा राष्ट्रिय सहमती खोज्ने प्रयास भइरहेको बताउनुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले सहमती निर्माण गर्नका लागि प्रयास गरिरहेको उहाँले उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो – ‘एमसीसीको कुरा एउटा परियोजनाको हिसाबले ऊर्जा क्षेत्रमा, सडक क्षेत्रमा कार्यान्वयन गर्ने भन्ने यहाँहरुलाई थाहा छदैछ । तर यो मुद्दा अलि राजनीतिकृत भएर राजनीतिक पार्टीहरुको बिचमा छलफल भइराखेको छ । र एउटा निष्कर्षतिर लैजानुपर्छ भनेर राजनीतिक पार्टीहरुको बिचमा, दलहरुको बिचमा राष्ट्रिय सहमती निर्माण गर्ने कुरा तिरनै अगाडी बढिरहेको भएको हुनाले सरकारले गरिरहेको प्रयास, प्रधानमन्त्रीज्यूले गरिरहेको प्रयास नै त्यतातिर गइरहेको हुनाले त्यो प्रयास बाट एउटा निष्कर्ष निस्किन्छ भन्ने एउटा विश्वासमा म छु ।’

उहाँले एमसीसी परियोजनामा राष्ट्रिय सहमती खोज्न गरेको प्रधानमन्त्रीको प्रयासले निष्कर्ष निस्किनेमा विश्वास व्यक्त गर्नुभयो ।