१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एमसीसीमा सरकारले राष्ट्रिय सहमति खोज्ने प्रयास गरिरहेको छः अर्थमन्त्री

एमसीसीमा सरकारले राष्ट्रिय सहमति खोज्ने प्रयास गरिरहेको छः अर्थमन्त्री
अ अ+ अ-

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले एमसीसी परियोजनाको सम्बन्धमा सरकारले राष्ट्रिय सहमती खोज्ने प्रयास गरिरहेको बताउनुभएको छ ।

बिहीवार अर्थमन्त्रालयमा आयोजित चालु आर्थिक बर्षको बजेटको अर्धवार्षिक समिक्षा मूल्यांकन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले एमसीसी परियोजनाको सम्बन्धमा राजनीतिक दलहरुका बिचमा राष्ट्रिय सहमती खोज्ने प्रयास भइरहेको बताउनुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले सहमती निर्माण गर्नका लागि प्रयास गरिरहेको उहाँले उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो – ‘एमसीसीको कुरा एउटा परियोजनाको हिसाबले ऊर्जा क्षेत्रमा, सडक क्षेत्रमा कार्यान्वयन गर्ने भन्ने यहाँहरुलाई थाहा छदैछ । तर यो मुद्दा अलि राजनीतिकृत भएर राजनीतिक पार्टीहरुको बिचमा छलफल भइराखेको छ । र एउटा निष्कर्षतिर लैजानुपर्छ भनेर राजनीतिक पार्टीहरुको बिचमा, दलहरुको बिचमा राष्ट्रिय सहमती निर्माण गर्ने कुरा तिरनै अगाडी बढिरहेको भएको हुनाले सरकारले गरिरहेको प्रयास, प्रधानमन्त्रीज्यूले गरिरहेको प्रयास नै त्यतातिर गइरहेको हुनाले त्यो प्रयास बाट एउटा निष्कर्ष निस्किन्छ भन्ने एउटा विश्वासमा म छु ।’

उहाँले एमसीसी परियोजनामा राष्ट्रिय सहमती खोज्न गरेको प्रधानमन्त्रीको प्रयासले निष्कर्ष निस्किनेमा विश्वास व्यक्त गर्नुभयो ।