• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

नेकपा एस तनहुँ अध्यक्ष कार्कीसहित २५ नेता–कार्यकर्ता एमालेमै फर्किए



काठमाडौं,५ साउन । नेकपा एकीकृत समाजवादीका तनहुँ जिल्ला अध्यक्ष श्रीराम कार्की ‘अचुक’सहित जिल्ला कमिटीका नेताहरु एमालेमै फर्किएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी तनहुँले शुक्रबार आयोजना गरेको पार्टी समाहित कार्यक्रममा अध्यक्ष कार्कीसहितका २५ जना नेता कार्यकर्ता एमालेमै फर्किएका हुन् ।

उनीहरुलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्टले एमालेमा स्वागत गरेका थिए ।