• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

फिफा महिला विश्वकपः स्पेनद्वारा कोस्टारिका पराजित



एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत स्पेनले विजयी सुरुवात गरेको छ ।

न्यूजिल्याण्डस्थित वेलिङ्टन रिजनल स्टेडियममा भर्खरै सम्पन्न खेलमा समूह चरण अन्तर्गत स्पेनले कोस्टारिकालाई ३–० गोलले पराजित गरेको हो ।

स्पेनलाई जित दिलाउन खेलको २३ औं मिनेटमा एइटाना वोनमाटीले तथा २७ औं मिनेटमा इस्थर गोन्जालेजले गोल गरे । एक गोल भने स्पेनले उपहारस्वरुप पाएको थियो । २१ औं मिनेटमा कोस्टारिकाकी भलेना काम्पोले आत्मघाती गोल गरेकी हुन् ।

जितसँगै समूह ‘सी’ मा रहेको स्पेनले तीन अंक जोडेको छ ।