१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

प्रतिस्पर्धा नचाहने प्रवृत्तिले कसरी क्षमता विकास हुन्छः अध्यक्ष तिमिल्सिना

प्रतिस्पर्धा नचाहने प्रवृत्तिले कसरी क्षमता विकास हुन्छः अध्यक्ष तिमिल्सिना
अ अ+ अ-

धुलिखेल । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदनमा हाम्रा अभ्यासलाई लोकतान्त्रिक माध्यमबाट निखार ल्याउँदै सकारात्मक दिशातर्फ लैजानुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

सभामुख र उपसभामुखको जिम्मेवारी र कुर्सीलाई निष्पक्ष तुल्याउन राजनीतिक दलको सदस्यबाट अलग हुने मान्यता स्थापित गरिएको बताउँदै उहाँले निष्पक्ष भएर काम गरेको महसुस गर्ने स्थिति भएमा हालका लागि पर्याप्त हुने धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रियसभा उपाध्यक्ष र सात प्रदेशका उपसभामुखबीच आज यहाँ आयोजित अनुभव आदान–प्रदान कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले हालसम्मका अनुभवले सभा सञ्चालन गर्ने सन्दर्भमा आगामी दिनमा ऐनमा व्यवस्था गर्नसके सहज हुनेछ भन्नुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रियसभाको बैठक सुरुआत गर्न उपाध्यक्षलाई आग्रह गरेकामा अरु सदस्यबाट अनेकौँ प्रश्न खडा गरेर आनाकानी भयो, तर उपाध्यक्षबाट बैठक अन्त्य गर्ने अभ्यास भने स्थापित भइसकेको छ ।” आरक्षण र समानुपातिक निर्वाचन प्रणालीबाट टिकट लिन तँछाडमछाड भए पनि प्रतिस्पर्धामा आउन नचाहने प्रवृत्तिले क्षमता कसरी विकास हुन्छ भनी प्रश्न गर्दै अध्यक्ष तिमिल्सिनाले भेग, जात, समुदाय र लैङ्गिक हिसाबले अब कुनै विभेद छैन, सबै सक्षम छौँ भन्नेतर्फ प्रयास र प्रयत्न आवश्यक रहेको बताउनुभयो ।

निष्ठाको राजनीति गर्नेले पदका लागि दल छाड्ने र फेर्ने गर्नै नहुने बताउँदै उहाँले सबै स्थानीय तह र प्रदेशको असली प्रतिनिधि राष्ट्रियसभाका सदस्य भएकाले सङ्घ र प्रदेशलाई बलियो तुल्याउन लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसअघि प्रदेश उपसभामुखले आगामी दिनमा माथिल्लो तहको जिम्मेवारी प्राप्त भएमा कुशलतापूर्वक सम्पादन गर्न सक्षम रहेको दाबी गर्दै हालसम्मका अभ्यासले आत्मबल बढेको प्रतिक्रिया दिनुभयो ।

प्रदेश सभामुख र उपसभामुख राजनीतिक दलको साधारण सदस्यबाट अलग हुने भनिए पनि मुख्यमन्त्रीको निर्वाचनमा मतदानमा सहभागी भएको घटना सुनाउँदै उहाँहरुले मतदानमा सहभागी भएपछि खिन्नता महसुस भएको उल्लेख गर्नुभयो ।

सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडालले भन्नुभयो, “हामी उपसभामुखको जिम्मेवारी छौँ, तर सदन सञ्चालन गर्न र  बोल्न पाइन्नँ । उपसभामुख हुँदा पिँजडाको पक्षीजस्तो महसुस भएको छ, पद पाइयो, स्वतन्त्रता पाइएन ।”

कानूनमा  अधिकार दिए पनि कार्यान्वयनमा समस्या रहेको उल्लेख गर्दै उहाँले हामीलाई सदन चलाउन दिएको भए सभामुखको पद जान्थ्यो र रु भनी प्रश्न गर्नुभयो ।