२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीलाई सुधार्न सर्जरीकै आवश्यकता छ– प्रदीप पौडेल



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी संकटमा पुगेको बताएका छन्। शुक्रबारको केन्द्रीय समितिमा धारणा राख्दै पौडेलले पार्टीलाई संकट पार लगाउन सर्जरी नै गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले लामो समयदेखि पार्टीमा भएका विभिन्न घटनाले पलायनता, निष्कृयता र विद्रोहको मानसिकता देखिन थालेकोले यो स्थिति अन्त्य गर्नुपर्ने बताए। ‘कांग्रेस संकटमा छ भन्ने मानेर कसैको दाइ, भाइ र अनुयायी नभई आत्ममूल्यांकन गर्न जरूरी छ,’ पौडेलले भने, ‘पार्टीलाई सुधार गर्न जरूरी छ, सर्जरीकै आवश्यकता छ।’

पौडेलले पार्टीलाई रूपान्तरण गरेर लैजानुपर्ने र त्यसका लागि महामन्त्रीहरूले पेश गरेको एजेन्डा मात्र पर्याप्त नहुने उल्लेख गरे।
उनले कांग्रेसको सदस्यता वितरण खुकुलो बनाउनुपर्ने बताउदै भने, ‘कांग्रेस मासबेस पार्टी हो। यहाँ सदस्यताको वर्गीकरण गर्न हुँदैन। लिन चाहनेलाई सजिलोसँग सदस्यता दिनुपर्छ’।

कांग्रेसले निर्वाचन प्रणाली बदल्न नेतृत्व लिनुपर्ने र प्रतिनिधिसभा समावेशीसहित २०१ सिटको पूर्ण प्रत्यक्ष हुनुपर्ने उनको भनाइ छ। उनले पार्टीका सबै तहका चुनाव प्रत्यक्ष हुनुपर्ने र प्राइमरी इलेक्सन गरेर उम्मेदवारहरू छनौट गर्नुपर्नेमा जोड दिए। उनले समानुपातिकमा एक पटक मात्रै अवसर दिनुपर्ने बताउदै भने, ‘मुख्यमन्त्री र मन्त्री पनि २ पटक भन्दा बढी हुन दिनु हुँदैन ।’

कार्यसम्पादन समितिका निर्णय २ महिनाभित्र केन्द्रीय समितिबाट अनुमोदन नभए बदर हुने व्यवस्था गर्न उनको माग छ। उनले भ्रष्टाचारमा जोडिएकाहरूलाई छानबिनमा सहयोग गरिनुपर्ने बताए। ‘गणतन्त्रपछिका चर्चित घटनाको छानबिनको नेतृत्व कांग्रेसले गर्नुपर्छ। उच्‍च पदस्थको सम्पत्ति छानबिन गर्नुपर्छ,’ उनले भने।