५ पुष २०८२, शनिबार
,
Latest
संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

बरामद गरिएको टल्कने शिला गोरखकाली मन्दिरमा राख्न माग



अ+ अ-

गोरखा। गोरखा नगरपालिका–७, सतिपीपलस्थित एक घरबाट गत असार १४ गते बरामद गरिएको टल्कने शिला गोरखामै राख्न गोरखाका विभिन्न सङ्घसंस्थाहरुले माग गरेका छन् ।

अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको उक्त शिला वर्षौंदेखि एक घरमा पूजा गर्दै आएको पाइएपछि त्यसलाई गोरखकाली मन्दिर या गोरखनाथ मन्दिर परिषरमा राख्न माग गरिएको गुरु गोरक्षधाम सिद्धाश्रम केन्द्रका दिनेश दानीले उल्लेख गर्नुभयोे । “टल्किने ढुङ्गा गोरखाको पवित्र धार्मिकस्थल गोरखकाली र गोरखनाथ भूमिमै राख्नुपर्छ भनेर हामीले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र पनि बुझाइसकेका छौँ, उहाँले भन्नुभयो, “केन्द्रसहित जिल्लाभित्रका अन्य सङ्घसंस्थाहरुले पनि सो ढुङ्गा बाहिर जिल्लामा नपठाउन अनुरोध गरेका छन् ।” करिब ५४ किलोग्रामको टल्कने अलौकिक शिला कुनै पनि बहानामा गोरखा जिल्लाबाहिर नपठाई मूलधनीको इच्छाअनुसार गोरखकाली र गोरखनाथको पवित्र भूमिमा राख्नुपर्नेमा विभिन्न संस्थाहरुले माग गरेका हुन् ।

बिहीबार विभिन्न आठवटाभन्दा बढी सङ्घसंस्थाले प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई कार्यकक्षमै पुगेर ध्यानाकर्षणपत्रसमेत बुझाएका थिए ।

टल्कने शिला पूजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको अवस्थामा जिल्ला प्रहरीले बरामद गरेको थियो । “एकातिरबाट लाइट बाल्दा अर्कोतिर वारपार हुन्छ,” उक्त कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले भन्नुभयो, “बरामद गरिएको ढल्कने शिला चोरी गरिएको नभई पुख्र्यौली रुपमा घरमा राखिएको अवस्थामा पाइएकोे थियो ।” रासस