१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बरामद गरिएको टल्कने शिला गोरखकाली मन्दिरमा राख्न माग



अ+ अ-

गोरखा। गोरखा नगरपालिका–७, सतिपीपलस्थित एक घरबाट गत असार १४ गते बरामद गरिएको टल्कने शिला गोरखामै राख्न गोरखाका विभिन्न सङ्घसंस्थाहरुले माग गरेका छन् ।

अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको उक्त शिला वर्षौंदेखि एक घरमा पूजा गर्दै आएको पाइएपछि त्यसलाई गोरखकाली मन्दिर या गोरखनाथ मन्दिर परिषरमा राख्न माग गरिएको गुरु गोरक्षधाम सिद्धाश्रम केन्द्रका दिनेश दानीले उल्लेख गर्नुभयोे । “टल्किने ढुङ्गा गोरखाको पवित्र धार्मिकस्थल गोरखकाली र गोरखनाथ भूमिमै राख्नुपर्छ भनेर हामीले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र पनि बुझाइसकेका छौँ, उहाँले भन्नुभयो, “केन्द्रसहित जिल्लाभित्रका अन्य सङ्घसंस्थाहरुले पनि सो ढुङ्गा बाहिर जिल्लामा नपठाउन अनुरोध गरेका छन् ।” करिब ५४ किलोग्रामको टल्कने अलौकिक शिला कुनै पनि बहानामा गोरखा जिल्लाबाहिर नपठाई मूलधनीको इच्छाअनुसार गोरखकाली र गोरखनाथको पवित्र भूमिमा राख्नुपर्नेमा विभिन्न संस्थाहरुले माग गरेका हुन् ।

बिहीबार विभिन्न आठवटाभन्दा बढी सङ्घसंस्थाले प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई कार्यकक्षमै पुगेर ध्यानाकर्षणपत्रसमेत बुझाएका थिए ।

टल्कने शिला पूजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको अवस्थामा जिल्ला प्रहरीले बरामद गरेको थियो । “एकातिरबाट लाइट बाल्दा अर्कोतिर वारपार हुन्छ,” उक्त कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले भन्नुभयो, “बरामद गरिएको ढल्कने शिला चोरी गरिएको नभई पुख्र्यौली रुपमा घरमा राखिएको अवस्थामा पाइएकोे थियो ।” रासस