२३ असार २०८३, मंगलवार
,
Latest
दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड ‘अधिकार प्रयोगको सम्बन्धमा महिला आयोग ‘निरीह’ बन्नुहुँदैन’ स्थानीय सरकार गैरदलीय हुनुपर्छः महिला आयोग काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनमा पनि किन घटेन संक्रमितको संख्या ?



अ+ अ-

काठमाडौ । २०७६ साल चैत्र ११ पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक रुपमा नेपालमा कोरोना संक्रमणको तथ्याङ्क सार्वजनिक गर्दै आइरहेको छ । केही महिना दैनिक र केही समयपछि साप्ताहिक रुपमा प्रत्यक्ष प्रशारण मार्फत् र दैनिक बुलेटिन जारी गरेर मन्त्रालयले तथ्याङ्क सार्बजनिक गर्ने गरेको छ ।

यो तथ्याङ्कलाई आम नागरिकले चासोपूर्वक हेरिरहेका पनि हुन्छन् । नेपालमा पहिलो केश देखिएको २०७६ चैत्र ५ पछि यो संख्या दैनिक बृद्धि हुदै आएको छ । बीचमा केही समय संक्रमणदरमा कमि देखाइयो वा साँच्चै कमि आयो ? कोरोना संक्रमणको दरमा कमी देखिने बित्तिकै स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालनका कमी देखियो भने सरकारको प्राथामिकतामा पनि नपरेको जस्तो भयो । कम भएको भनिएको बेला संक्रमणबाट आक्रान्त भएका मुलुकको अनुभब नेपालले लिन सकेन, वा नेतृत्वमा बस्नेहरु बतासे तथ्याङ्क हेरर रमाए ।

कुनै पनि संक्रमण तीव्र गतिमा फैलँदा एउटा उचाइसम्म पुग्छ त्यो कति समयसम्म रहन्छ वा त्यसको प्रभाब कहिलेदेखि न्यून हुदै जान्छ भन्ने गणीतिय हिसाब र बिगतमा महामारीको अबस्थाका बारेमा गहिरो अध्यायन पनि भएन । हालसम्म देखिएका बिभिन्न प्रकारका भाइरसहरु पूर्णरुपमा नष्ट भएका छैनन्, प्रभाब कम भएको हो र त्यसलाई नियन्त्रण गर्ने औषधीहरुको आबिष्कारहरुले नियन्त्रणमा राखे ताकी भाइरस भन्दा औषधी बलियो भयो । भाइरस पूर्णरुपमा निर्मुल भएको होइन ।

हाल कोरोनो भाइरसको पहिलो, दोश्रो र तेश्रो भेरिएन्टको तथ्याङ्क हेर्दा पनि यसको ग्राफ निरन्तर उकालो लागेको छ । अर्थात् गणितीय रुपमा हेर्दा कोरोनो भाइरस चक्रिय रुपमा अगाडि बढिरहेको छ । सामान्यता एक दिनमा एक हजार जना संक्रमित भने त्यो २० प्रतिशतले बढ्दा दोश्रो दिन १२ सय, तेश्रो दिन १४ सय हुँदै ३० औँ दिनमा २ लाख ३७ हजार ३७६ हुन आउछ । लगभग नेपालको बृद्धिदर यही अनुपातमा रहेको छ ।

तसर्थ एकदिनको तथ्याङ्कलाई मात्र आधार मारेर दृष्टिकोण बनाउन गलत हुन्छ । तसर्थ धेरै दिनको तथ्याङक हेरेर गणीतिय मोडलमा यसलाई राख्न सकियो भने मात्र यो कस्तो छ भनेर पत्ता लगाउन सकिन्छ । यति हुँदाहुदै पनि यसको रोकथामका लागि गरिने पहिलो प्रयासका रुपमा लकडाउनलाई नै लिइयो तर पूर्णरुपमा कडाईका साथ लागू नहुदा त्यसले दिनुपर्ने जति परिणाम दिएन । लकडाउन कछुवा र खरायोको दौड जस्तो मोडेलमा हुनुपर्ने हो तर त्यो भएन ।

किनकी लकडाउनको उद्देश्य चेन ब्रेक गर्नु नै हो ताकी कछुवाले घिस्रेजस्तो प्रत्येक बिन्दुलाई छुदै होइन कि खरायो उफ्रेको जस्तो बिन्दुहरु छाडिनु पथ्र्यो । तर लकडाउन कछुवाको गति पछ्याउने खालको भयो । त्यसैले यसले न ग्याप गर्न सक्यो न नत ब्रेक नै ।