काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव समूहले अध्यक्ष महन्थ ठाकुर(राजेन्द्र महतोलगायतका नेताहरूमाथि कारवाही थालेको छ । को कार्यकारिणी समितिको बैठकले
शनिबार अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकबाट पार्टी निर्णय विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउन लागिपरेको भन्दै ठाकुर समूहका सांसददेखि नेताहरूलाई कारवाही गर्ने उद्देश्यले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
कार्यकारिणी सदस्य रेणु यादवका अनुसार बहुमत केन्द्रीय कार्यसमितिको बैठकले अर्का अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई विधान अनुसार कारबाही प्रक्रिया थाल्ने निर्णय गरेको हो ।
त्यस्तै पार्टीको निर्णय विपरीत संसदीय दलको नेता गठन गरिएको भन्ने कुरालाई पनि यादव समूहले गलत रहेको ठहर गरिएको छ । ५१ सदस्यीय कार्यकारिणी समितिको बैठकमा ३० जना भौतिक रुपले उपस्थित रहेको तथा २ जना भर्चुअल रुपमा सहभागी भएको बताइएको छ ।
साथै, एकलौटी रुपमा संविधान संशोधनका लागि बनाइएको कार्यदललाई पनि यादव पक्षको बैठकले खारेज गरेको छ । सरकारले मन्त्रिपरिषदको बैठकबाट ५ सदस्यीय कार्यदल गठन गरेअनुसार उक्त कार्यदलमा ठाकुर पक्षले सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पठाएको थियो ।
जसपामा ठाकुर र यादव अध्यक्ष रहेका छन् भने डा बाबुराम भट्टराई संघीय परिषद् अध्यक्ष रहेका छन् । जसपाको कार्यकारिणी समिति ५१ सदस्यीय रहेको छ ।











