२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

अवैध स्वास्थ्य क्लिनिक सञ्चालक पक्राउ

अवैध स्वास्थ्य क्लिनिक सञ्चालक पक्राउ
प्रतीकात्मक तस्बिर
अ अ+ अ-

बैतडी । बैतडीको सिगास गाउँपालिका–२ स्थित गाँजरीबजारमा अवैधरूपमा सञ्चालन रहेको स्वास्थ्य ‘क्लिनिक सिल’ गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा बिहीबार गरिएको छड्के अनुगमनका क्रममा गाँजरीमा रहेको जै अनिरुद्र सिगास क्लिनिक सिल गरिएको हो ।

प्रहरीले सो स्वास्थ्य क्लिनिक सञ्चालक खेमराज अवस्थीलाई समेत नियन्त्रणमा लिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँले क्लिनिकका साथै मेडिकल पनि सञ्चालन गरेका थिए । छड्के अनुगमनका क्रममा अवस्थीलाई बिरामी जाँचिरहेको अवस्थामा पक्राउ गरिएको र उक्त पसल सिलसमेत गरिएको हो । उहाँले भन्नुभयो, “स्वास्थ्यसम्बन्धी कुनै अनुमति नभएका अवस्थी बिरामीलाई स्लाइन चढाइरहेकै अवस्थामा भेटेपछि नियन्त्रणमा लिइएको छ ।”

क्लिनिक सञ्चालक अवस्थीले विसं २०७१ देखि हिमालय अवस्थीको नामको ‘पान’ नम्बर लिएको तर मेडिकल र क्लिनिकका लागि अनुमति नै नलिएर सञ्चालन गरिरहेका थिए । स्वास्थ्यसम्बन्धी कुनै अनुमतिपत्र नलिएका व्यक्तिले दर्ता नै नभएको मेडिकल र क्लिनिक सञ्चालन गरिरहेको गुनासो आएपछि अनुगमन गरिएको प्रजिअ पन्थीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “खेमराजले अनुमतिबिना मेडिकल र क्लिनिक सञ्चालन गरिरहेको गुनासो आएको थियो, हामीले पटक–पटक अवैध मेडिकल बन्द गर्नुस् भनेर खबर गर्दा पनि अटेरी गरेपछि छड्के अनुगमन गरेका हौँ । हाम्रो टोली पुग्दा बिरामीलाई स्लाइन चढाएको र जाँचिरहेको भेट्टायौँ । अब कानुनअनुसार कारबाही हुन्छ ।” अनुगमनमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही र स्वास्थ्य कार्यालय बैतडीका प्रमुख यागेशप्रसाद भट्टलगायतको सहभागिता रहेको थियो । रासस