१९ श्रावण २०८३, मंगलवार
,
Latest
सुदूरपश्चिमका विकास आयोजना र स्थानीय समस्या समाधान गर्न रास्वपा सांसदहरूको प्रधानमन्त्रीसँग आग्रह गोली चलाउने प्रवृत्ति अन्त्य गर्न सरकारसँग अमरेश सिंहको आग्रह युवालाई सही मार्गमा ल्याउन सके सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छः मुख्यमन्त्री आचार्य सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गरेको विषयमा एमालेले माग्यो सरकारसँग जवाफ राष्ट्रिय अनुसन्धान विभागलाई कुन निकाय मातहत राख्ने भन्दा पनि सशक्त बनाउनु मुख्य विषयः सांसद पोखरेल मुलुकका पाँच सडकखण्ड अवरुद्ध बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु सुनसरीसहित पूर्वी मधेसको धार्मिक तनावबारे निष्पक्ष अनुसन्धान गर्न कांग्रेस सचेतक राईको माग राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत नै रहनुपर्ने कानूनमन्त्रीको अडान नेपाल राष्ट्र बैंक ऐन संशोधनः सञ्चालक समितिको संरचनामा सहमति, तीन स्वतन्त्र सदस्यमध्ये एक महिला अनिवार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन काण्डको सबै नेक्सस केलाउँछौं, अपराधीले उन्मुक्ति पाउदैन – गृहमन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास गरि बाहिरिएको सुनकाण्डको अनुसन्धान गर्दै जरासम्म पुग्ने बताएका छन् ।

प्रहरी प्रमुखसँगै विमानस्थल भन्सार कार्यालयको अनुगमनपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले यस काण्डको सम्पूर्ण नेक्सस केलाउने बताए ।

गृहमन्त्री श्रेष्ठले भविष्यमा यस्ता घटना दोहरिन नदिन योजना बनाएर अघि बढ्ने बताए । उनले भने, ‘छानबिन र अनुसन्धानको प्रक्रियालाई यसको जरैसम्म पुग्ने गरी अगाडि बढाउनुपर्छ । जस्तोसुकै र जसोसुकै भए पनि यसको नेक्सस र गुटमा पुग्ने गरी कारबाहीको प्रक्रिया अघि बढाउँछौं ।’

पत्रकारले भ्रष्टाचारको जरो उच्च राजनीतिक तहसम्म रहेको चर्चाबारे जिज्ञासामा मन्त्री श्रेष्ठले जुनसुकै पार्टीको भए पनि उन्मुक्ति नपाउने बताए । उनले भने, ‘भ्रष्टाचारको कुरा वा अपराधका घटनाका सम्बन्धमा अनुसन्धान गर्दाखेरि कुनै कोट, कुनै टार, कुनै पार्टी मलाई मतलब छैन’।

मन्त्री श्रेष्ठले यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी भएको र छानबिनमा राज्यका अरु निकायहरुले पनि सघाउने विश्वास व्यक्त गरे ।