२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल एसिया कप खेल्ने आठौं टोली



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपालले आगमी अगष्ट रसेप्टेम्बरमा पाकिस्तान र श्रीलंकामा हुनलागेको एकदिवसीय एसिया कप २०२३ खेल्दैछ । नेपालले गत वैशाखमा घरेलु मैदानमा भएको एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो ।

एसिया कपमा डेब्यू गर्ने नेपाल आठौं टोली बन्ने भएको छ । भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, हङकङ र युएईपछि एसिया कप खेल्ने नेपाल आठौं टोली बनेको हो। एसोसिएट टोलीमा भने नेपाल हङकङ र युएईपछिको तेस्रो टोली बन्नेछ ।

एसियन क्रिकेट काउन्सिल एसिसीले विश्वकप अघि तयारीको लागि एसिया कप आयोजना गर्दछ । एकदिवसीय विश्वकप आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुँदैछ ।

एसिसीले विश्वका पावर हाउससँग एक एसोसिएट टोलीलाई खेल्ने अवसर दिन्छ । युएईले २००४, २००८ र २०१६ मा एसिया कप खेलेको थियो ।हङकङले पनि २००४, २००८, २०१८ र २०२२ मा एसिया कप खेलेको थियो ।

एसिया कपको उपाधि हालसम्म भारत, पाकिस्तान र श्रीलंकाले जितेका छन् । भारतले ७ पटक एसिया कपको उपाधि जित्दा श्रीलंकाले ६ र पाकिस्तानले दुईपटक उपाधि जितेको छ ।

नेपालले पहिलो खेल पाकिस्तानसँग अगष्ट ३० (भदौं १३) मा खेल्नेछ । पाकिस्तानको मुल्तानमा उक्त खेलपछि नेपाल श्रीलंका जानुपर्ने हुन्छ । नेपाल र भारतबीचको खेल भने श्रीलंकाको काड्नीमा सेप्टेम्बर ४ (भदौं १८) मा हुनेछ ।

समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।