• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित दुई कर्मचारी निलम्बित



काठमाडौँ । करिब सय किलो सुन तस्करीबारे छानबिन गर्न भन्सार विभागले विमानस्थल भन्सार कार्यालयका दुई कर्मचारीलाई निलम्बन गरेको छ ।

भन्सारका जाँच पास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकाललाई निलम्बन गरिएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए ।

विमानस्थल र भन्सारको ‘कडा सुरक्षा घेरा’ पार गरेर ट्याक्सीमा लैजाँदै गर्दा सिनामंगल सडकबाट सुन बरामद गरिएको थियो। पास अधिकृत चन्द र ढकालले सुन जडित ‘ब्रेक सु’ को भन्सार जाँचपास बुधबार दिउँसो ४:११ मा गरेका थिए।

हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्सको विमानमार्फत आएको उक्त सुन तस्करी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चिनिया नागरिक जीक्वाङ लिन सहित १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।