२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा

राप्रपाले स्थानीय चुनावमा सबै शक्ति लगाउने

राप्रपाले स्थानीय चुनावमा सबै शक्ति लगाउने
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारी बैठकले पार्टी परित्याग गरेका पूर्व अध्यक्ष कमल थापालाई पार्टीमा फर्किन आव्हान गरेको छ ।

बिहीवार बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारीको बैठकले पार्टी परित्याग गरेका पार्टीका पूर्व अध्यक्ष कमल थापालाई आफ्नो निर्णयमा पुर्नविचार गरी पार्टीमा स–सम्मान फर्किनका लागि आव्हान गरेको हो । 

पूर्वअध्यक्ष थापाले उठाएका विषयहरुमा पार्टी छलफल गर्न तयार भएको र पदाधिकारी बैठक समेत बोलाइसकिएको अवस्थामा थापाले पार्टी परित्याग गर्नुमा उहाँले समस्या समाधानमा चाहाना नराख्नुभएको भन्ने धारणा बैठकमा व्यक्त भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो । 

राप्रपाले पूर्व अध्यक्ष थापाले पूर्ववत् निर्णय पुर्नविचार गरी पार्टीमा सक्रिय हुने आशा राखेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो – ‘आजको बैठकमा पनि निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग हुनुभएको विषयलाई लिएर केही छलफलहरु भएका छन् । 

आजको बैठकमा पार्टीका निवर्तमान अध्यक्ष पशुपति शमशेर जबरा त्यसैगरी अर्का निवर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, पार्टीका पदाधिकारीहरु र प्रदेशका अध्यक्षहरुको उपस्थिति रहेको थियो । र आजको बैठकले पनि निवर्तमान अध्यक्ष कमल थापालाई आफ्नो निर्णयमा पुर्नविचार गरेर पार्टीमा ससम्मान फर्किनको लागि आव्हान गरेको छ । यसका साथै आजको बैठकमा अलिकति चिन्ता पनि व्यक्त भएको छ । जबकी विषयहरु अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्षसँग भेटघाट गरिसक्नु भएपछि जुन गम्भिरतापूर्वक यो विषयलाई टुंगोमा पु¥याउने उहाँले प्रोएक्टिभ रोल खेलिराख्नुभएको थियो पार्टीका संस्थापक तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, निर्वतमान अध्यक्षद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी र पार्टीका वरिष्ठ नेता उपाध्यक्षहरु, पदाधिकारीहरुसँगको छलफलमा के हुनसक्छ भन्ने विभिन्न मोडलहरुका बारेमा छलफल भइरहँदाखेरी उहाँले अकास्मत पार्टीबाट अलग हुने घोषणा जुन गर्नुभयो, त्यसले उहाँ आफैँ पनि पार्टीमा पुनः सक्रिय हुने अथवा त्यो समस्या समाधान भइदिओस् भन्ने चाहाना नराख्नुभएको हो की भन्ने धारणाहरु आजको बैठकमा पनि पेश भएका छन् । हामीलाई आशा छ उहाँ पूर्ववत् रुपमा आफ्नो निर्णय पुर्नविचार गरेर पार्टीमा सक्रिय हुनुहुनेछ ।’

बैठकले पार्टीको संगठनलाई सुदृढ र क्रियाशील तुल्याउँदै स्थानीय तहको निर्वाचनमा निर्वाचन हुने सबै तहमा उम्मेदवार उठाउने निर्णय गरेको छ । देशव्यापी रुपमा प्रशिक्षण सञ्चालन गर्ने तथा हिन्दू राष्ट्र र राजसंस्थाको विषयमा जनतालाई जागरुक गराउन देशव्यापी रुपमा कोणसभा र घरदैलो अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘आसन्न स्थानीय तहको निर्वाचनको बारेमा घनिभुत रुपमा छलफल भएको छ । पार्टीका महामन्त्री भुवन पाठकद्वारा प्रस्तुत स्थानीय तहको निर्वाचन परिचालन सम्बन्धी विशेष कार्ययोजना आजको बैठकमा छलफल भएको छ ।  

बैठकले पार्टीको संगठनलाई सुदृढ र क्रियाशील तुल्याउने, स्थानीय तहको निर्वाचनमा सबै पालिकाहरुमा, चुनाव हुने सबै तहमा उम्मेदवार खडा गर्ने, देशव्यापी रुपमा प्रशिक्षण सञ्चालन गर्ने, फागुन महिनालाई प्रशिक्षणको महिना बनाउने, पार्टीको एजेण्डाको पक्षमा हिन्दूराष्ट्र, राजसंस्थाजस्ता मुद्दाहरु लोकप्रिय हुँदै गइराखेको अवस्थामा जनतालाई यस विषयमा जागरुक तुल्याउनको लागि देशव्यापी घरदैलो, कोणसभा सञ्चालन गर्ने, र पार्टीको शिर्ष नेतृत्व तहलाई विभिन्न जिल्लामा खटाएर जनताको माझमा राप्रपा कार्यक्रम सञ्चालन गर्ने र सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रीत गर्ने आजको बैठकले निर्णय गरेको छ ।’

बैठकले नवराज सुवेदीको संयोजकत्वमा प्रवक्ता भक्तिप्रसाद सिटौला, वरिष्ठ अधिवक्ता राजु बस्नेत सदस्य रहनुभएको तीन सदस्यीय अनुशासन समिति गठन गरेको छ । समान विचार भएका व्यक्ति, समुह वा दलसँग पार्टी एकता अथवा सहकार्य गर्ने नीति पार्टीको रहेको उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले पार्टी एकताको प्रयास भइरहेको र सो प्रयासलाई निरन्तरता दिने निर्णय भएको बताउनुभयो । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक फागुन ११ गते काठमाडौंमा बोलाइएको छ ।