काठमाडौँ । चलचित्र विकास बोर्डले आर्थिक वर्ष २०७९/८० मा नेपालमा प्रदर्शनमा आएका नेपाली र विदेशी फिल्महरूको ग्रस बक्स अफिस कलेक्शन रिपोर्ट सार्वजनिक गरिएको छ
गत आर्थिक वर्षमा ५७ वटा स्वदेशी चलचित्रहरू रिलिज भएका छन् । स्वदेशी चलचित्रहरूको २७,१६,२१७ थान टिकट बिक्रिसहित जम्मा ग्रस व्यापार ७६,७२,५७,००१ (छहत्तर करोड बहत्तर लाख सन्ताउन्न हजार एक रुपैयाँ मात्र) भएको छ ।
बोर्डले सार्वजनिक गरेको तथांकअनुसार १७ करोड ५२ लाख कमाउँदै ‘छक्का पन्जा ४’ धेरै कमाउने नेपाली फिल्म बनेको छ। ‘छक्का पन्जा ४’ को ६ लाख २९ हजार टिकट बिक्री भएको छ।
त्यस्तै १७ करोड १७ लाख कमाउँदै ‘जारी’ धेरै कमाउने दोस्रो फिल्म बनेको छ। ‘जारी’को ६ लाख १९ हजार टिकट बिक्री भएको छ। जारी प्रदर्शनरत रहेकाले आर्थिक वर्षको अन्तिम दिन २०८० असार ३१ सम्मको रिपोर्ट समावेश गरिएको बोर्डले जनाएको छ ।
यो सूचीको तेस्रो नम्बरमा प्रेम गीत ३ आएको छ । फिल्मले ७ करोड ७० लाख बढी कलेक्सन गरेको छ ।
त्यस्तै महापुरुष ७ करोड ३८ लाख र दुई नम्बरी ३ करोड ८४ लाख आम्दानी गरेको छ । फिल्म फूलबारीले ३ करोड ५३ लाख, झिँगेदाउले ३ करोड ४१ लाख, के घर के डेराले २ करोड ६५ लाख, प्रेम गीत ३ हिन्दीले २ करोड २७ लाख र प्रकाशले १ करोड ७५ लाख कमाएको छ ।
त्यसैगरी, गत आर्थिक वर्षमा ७८ वटा विदेशी चलचित्रहरू नेपालमा प्रदर्शन भएको बोर्डले जनाएको छ । यि चलचित्रहरूको २५,८५,६०२ थान टिकट बिक्रिसहित जम्मा ग्रस व्यापार ७९,४३,०४,७४८.७०( उनासी करोड त्रिचालिस लाख चारहजार सात सय अठचालिस रुपैयाँ सत्तरी पैसा मात्र)भएको छ ।
विदेशी फिल्ममा हिन्दी फिल्म पठानले सर्वाधिक कमाइ गरेको छ । पठानले १३ करोड भन्दा बढी आम्दानी गरेको छ ।
हेर्नुस् गत आर्थिक वर्षमा रिलिज भएका फिल्मको कमाइ:
07980 BOX OFFICE COLLECTION