१२ पुष २०८१, शुक्रबार
,
Latest
पशुपतिको सुनको जलहरीमा भ्रष्टाचार पुष्टि भएन बिजुलीकलीलाई हात्ती सुन्दरी प्रतियोगिताको उपाधि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायाँमा पार्न सरकारले दिँदैनः पर्यटनमन्त्री पाण्डे एकीकृत समाजवादी र एकता राष्ट्रिय अभियानबीच एकता प्रक्रिया सुरु श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घे काठमाडौँ आउनुहुँदै सरकार जनमुखी भएर चल्न सकेनः सम्मानित नेता खनाल स्वदेशी वस्तुको प्रयोग वृद्धि र ऋग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ सरकारले पोखरा विमानस्थल बीआरआई अन्तर्गत होइन भनिदिए भारतले उडान अनुमति दिन्छः वीरेन्द्र बस्नेत तेह्र सय फरार प्रतिवादी पक्राउ उत्तरी मेक्सिकोमा गोप्य चिहानमा १२ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करी प्रकरण: विमानस्थल भन्सारका तीन कर्मचारीलाई निलम्बन गर्न सिफारिस



अ+ अ-

काठमाडौं । अबैध सुन तस्करी प्रकरणमा मुछिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयका तीन जना कर्मचारीलाई कारबाही गर्न भन्सार विभागले सिफारिस गरेको छ ।

विभागले भन्सार अधिकृत सन्तोष चन्दसहित तीन जना कर्मचारीलाई निलम्बन गर्न अर्थ मन्त्रालयलाई सिफारिस गरेको हो ।

सुनको भन्सार पासमा उनीहरूको संलग्नता रहेको देखिएकाले निलम्बन गर्न प्रस्ताव गरिएको हो । बुधबार राजस्व अनुसन्धान विभागले हङकङ हुँदै आएको सुन जडित ब्रेक सु विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा बरामद गरेको थियो।