१९ श्रावण २०८३, मंगलवार
,
Latest
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर चिकित्सा शिक्षा आयोगमा निर्देशक नियुक्ति नहुँदा प्रवेश परीक्षा अन्योलमाः सांसद मल्ल हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग मुलुकलाई कसैको प्लेग्राउण्ड बन्न नदिन पनि एउटा सशक्त गुप्तचर निकाय आवश्यकः अमरेशकुमार सिंह सभामुख अर्यालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ शिष्टाचार भेट हिन्दु सम्राट् सेनाप्रति सांसद राईको आपत्ति, सरकारलाई कडा कदम चाल्न आग्रह विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै सुदूरपश्चिमका विकास आयोजना र स्थानीय समस्या समाधान गर्न रास्वपा सांसदहरूको प्रधानमन्त्रीसँग आग्रह गोली चलाउने प्रवृत्ति अन्त्य गर्न सरकारसँग अमरेश सिंहको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ब्रेक सु’सहितको सुनको तौल जोख्दा १५५ केजी



फाईल फोटो
अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा नेपाल भित्रिएको सुनको तौल लिएको छ ।

राजस्व अनुसन्धान विभागले लगेको सुन जडित मोटरसाइकलको स्पेयर पार्टस् (डिस्क ब्रेक सु) जोख्दा १५५ केजी निस्किएको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।

कार्टुन प्याकसहित जोख्दा १५५ केजी निस्किएको र पछि कार्टुन, ब्रेक सु निकालेर जोख्दा सुनको परिमाण कम हुने आचार्यले बताए ।

नेपाल राष्ट्र बैंकले कार्टुन प्याकको तौल लिईसकेको र राजस्व अनुसन्धान विभागको आग्रहपछि मात्र त्यसको प्रक्रिया अघि बढ्ने आचार्यले बताए । कार्टुनमा कति परिणामको सुन छ भन्ने यकिन तथ्याङ्क आउन भने एक हप्तासम्म लाग्न सक्ने उनले बताए ।

राजस्व अनुसन्धान विभागले सुन बरामद प्रकरणमा छ जनालाई पक्राउ गरिसकेको छ ।