२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday
Latest
विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने गोली लागेर एक सैनिकको मृत्यु विसु पर्व मनाउन घर फर्कदै नेपाली खेलकुद राष्ट्रको पहिचान र गौरवको आधारशिला हो मादी नदीमा डुबेर बालकको मृत्यु शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह केन्द्रीय समितिको बैठकबारे रास्वपाका कार्यवाहक सभापति अर्यालले कारागारमै पुगेर गरे सभापति रविसँग छलफल डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधान गर्न उद्योगीसँग छलफल सभामुख घिमिरेद्वारा दिगवङ्त सांसद बोहोराप्रति श्रद्धान्जली व्यक्त नेपाली साहित्यको विकासमा मस्र्याङ्दी प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ब्रेक सु’सहितको सुनको तौल जोख्दा १५५ केजी



फाईल फोटो
अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा नेपाल भित्रिएको सुनको तौल लिएको छ ।

राजस्व अनुसन्धान विभागले लगेको सुन जडित मोटरसाइकलको स्पेयर पार्टस् (डिस्क ब्रेक सु) जोख्दा १५५ केजी निस्किएको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।

कार्टुन प्याकसहित जोख्दा १५५ केजी निस्किएको र पछि कार्टुन, ब्रेक सु निकालेर जोख्दा सुनको परिमाण कम हुने आचार्यले बताए ।

नेपाल राष्ट्र बैंकले कार्टुन प्याकको तौल लिईसकेको र राजस्व अनुसन्धान विभागको आग्रहपछि मात्र त्यसको प्रक्रिया अघि बढ्ने आचार्यले बताए । कार्टुनमा कति परिणामको सुन छ भन्ने यकिन तथ्याङ्क आउन भने एक हप्तासम्म लाग्न सक्ने उनले बताए ।

राजस्व अनुसन्धान विभागले सुन बरामद प्रकरणमा छ जनालाई पक्राउ गरिसकेको छ ।