१९ श्रावण २०८३, मंगलवार
,
Latest
अर्थतन्त्रको पुनरुत्थान र लगानी विस्तारका लागि बैंकिङ क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिवद्धः अर्थमन्त्री डा. वाग्ले रासायनिक मल वितरण प्रणालीमा सुधार गर्न र निजी क्षेत्रलाई आयातको अनुमति दिन सांसद भण्डारीको माग पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर चिकित्सा शिक्षा आयोगमा निर्देशक नियुक्ति नहुँदा प्रवेश परीक्षा अन्योलमाः सांसद मल्ल हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग मुलुकलाई कसैको प्लेग्राउण्ड बन्न नदिन पनि एउटा सशक्त गुप्तचर निकाय आवश्यकः अमरेशकुमार सिंह सभामुख अर्यालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ शिष्टाचार भेट हिन्दु सम्राट् सेनाप्रति सांसद राईको आपत्ति, सरकारलाई कडा कदम चाल्न आग्रह विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एघारौं महाधिवेशनमा दश लाख पार्टी सदस्य पुर्‍याउने एमालेको संकल्प



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेले एघारौं महाधिवेशनमा दश लाख सदस्य पुर्याउने संकल्प गरेको छ।

संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले प्रेस वक्तव्य जारी गर्दै अर्को महाधिवेशनसम्ममा १० लाख सदस्य बनाउने संकल्प रहेको उल्लेख गरेका हुन्न् ।

अधिकारीले पार्टी सदस्यता घटेको नभएर बिगतको त्रुटि सच्याउने काम भएको बक्तव्यमा उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘दशौं महाधिवेशनका बेला रहेको त्रुटिलाई पनि सच्याउन खोजिएको छ । त्यतिबेला कायम भएका सदस्यहरुमा एकातिर एकीकृत समाजवादीतर्फ गएका सबै सदस्यहरुको नाम यथावत् थियो भने अर्कोतिर नेकपा कालमा अनुचित ढंगले दिइएका सदस्यहरुको ठूलो संख्या पनि त्यसमा पर्न गयो’।

दशौं महाधिवेशनमा एमालेले पार्टी सदस्य ८ लाख पुगेको जनाएको थियो । तर त्यो संख्या वास्तविक नरहेकोले यसपटक नयाँ नीतिसहित नवीकरण गरिएको बक्तव्यमा लेखिएको छ ।

‘यसअघि महाधिवेशनदेखि महाधिवेशनमा मात्रै सदस्यहरुको सदस्यता नवीकरण गरिन्थ्यो । त्यसो गर्दा निस्कृय सदस्यहरुले पनि नवीकरण गर्ने अवसर पाउँथे । नेतृत्वका आकांक्षीहरुबाट कतिपय अवस्थामा अन्य भोटर सदस्यहरुको शुल्क तिरिने, दबाव दिएर कमिटीमा निर्णय गराइने जस्ता अनियमित कामहरुका कारण अनुचित ढंगले पनि संख्या बढ्न पुग्यो । तर यसपटक योग्य सदस्यहरुको मात्रै नवीकरण भएको अधिकारीले प्रष्टोक्ति दिएका छन् ।’, बक्तव्यमा भनिएको छ ।




भर्खरै