२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

तातोपानी नाकाबाट लक्ष्यभन्दा न्यून राजस्व सङ्कलन



file
अ+ अ-

सिन्धुपाल्चोक । चीनसँगको उत्तरी नाका तातोपानीबाट गत आर्थिक वर्षमा लक्ष्यभन्दा न्यून राजस्व सङ्कलन भएको छ । कुनैबेला रु पाँच अर्ब राजस्व सङ्कलन गरेर मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्याएको तातोपानी भन्सार कार्यालयले २०७२ को भूकम्पपछि कम राजस्व सङ्कलन गर्दै आइरहेको छ ।

उक्त नाकाबाट गत आवमा रु चार अर्ब ६२ करोड राजस्व सङ्कलनको लक्ष्य राखिएको भए पनि रु तीन अर्ब २७ करोड ९४ लाख २० हजार सात सय २७ मात्र अर्थात् लक्ष्यको ७० दशमलब ८४ प्रतिशत राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ ।

विसं २०७२ को भूकम्पपछि बाढीपहिरो, कोरोना, सडकलगायत कारण देखाउँदै नाका राम्रोसँग सञ्चालन हुन सकेको छैन । गत वैशाख १८ गते केही सामग्री निर्यात गरे पनि त्यसपछि निर्यात शून्य तथा आयात पनि घटेको तातोपानी भन्सार कार्यालका प्रमुख दयानन्द केसीले जानकारी दिनुभयो ।

वैशाख १८ गते बाँसका मुडालगायत नेपाली सामग्री बोकेर सात कन्टेनर गाडी चिनियाँ भूमिमा प्रवेश गरेका थिए । आयात गरेका सामग्रीमा विद्युतीय भ्यान, प्रोजेक्टका सामान, स्याउ, नास्पाती, ओखरलगायत रहेको भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत लक्ष्मण बाँस्तोलाले जानकारी दिनुभयो । रासस