११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तातोपानी नाकाबाट लक्ष्यभन्दा न्यून राजस्व सङ्कलन



file
अ+ अ-

सिन्धुपाल्चोक । चीनसँगको उत्तरी नाका तातोपानीबाट गत आर्थिक वर्षमा लक्ष्यभन्दा न्यून राजस्व सङ्कलन भएको छ । कुनैबेला रु पाँच अर्ब राजस्व सङ्कलन गरेर मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्याएको तातोपानी भन्सार कार्यालयले २०७२ को भूकम्पपछि कम राजस्व सङ्कलन गर्दै आइरहेको छ ।

उक्त नाकाबाट गत आवमा रु चार अर्ब ६२ करोड राजस्व सङ्कलनको लक्ष्य राखिएको भए पनि रु तीन अर्ब २७ करोड ९४ लाख २० हजार सात सय २७ मात्र अर्थात् लक्ष्यको ७० दशमलब ८४ प्रतिशत राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ ।

विसं २०७२ को भूकम्पपछि बाढीपहिरो, कोरोना, सडकलगायत कारण देखाउँदै नाका राम्रोसँग सञ्चालन हुन सकेको छैन । गत वैशाख १८ गते केही सामग्री निर्यात गरे पनि त्यसपछि निर्यात शून्य तथा आयात पनि घटेको तातोपानी भन्सार कार्यालका प्रमुख दयानन्द केसीले जानकारी दिनुभयो ।

वैशाख १८ गते बाँसका मुडालगायत नेपाली सामग्री बोकेर सात कन्टेनर गाडी चिनियाँ भूमिमा प्रवेश गरेका थिए । आयात गरेका सामग्रीमा विद्युतीय भ्यान, प्रोजेक्टका सामान, स्याउ, नास्पाती, ओखरलगायत रहेको भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत लक्ष्मण बाँस्तोलाले जानकारी दिनुभयो । रासस