२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

करिव एक क्वीन्टल सुन तस्करीमा गृहमन्त्री श्रेष्ठ आफैं संलग्न रहेको समाचार आएको छ: सांसद भट्टराई



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका सांसद गोपाल भट्टराईले करिव एक क्वीन्टल सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं संलग्न रहेको आरोप लगाउनु भएको छ ।

बिहीबार राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महराको नाम समेत सो प्रकरणमा मुछिएको समाचार आएको टिप्पणी गर्नु भएको हो ।

सांसद भट्टराईले सो प्रकरणमा ठूलाहरुनै संलग्न रहेकाले निष्पक्ष छानविन हुने विश्वास समेत आफूहरुलाई नभएको बताउनु भयो । उहाँले सुन तस्करहरुले राज्य संचालनमै हस्तक्षेप गरिरहेको आभास भईरहेको समेत बताउनु भयो ।

सांसद भट्टराईले भन्नु भयो, ‘हाम्रो देशमा तस्करहरुले राज्य संचालनमा हस्तक्षेप त गरेका छैनन् भन्ने आभास हुन थालेको छ । बाहिर हेर्दा भ्रष्टाचार, अनियमितता सबै अन्त्य हुन थालेजस्तो देखिएको छ । पावरमा भएकाहरु जोडिदा समेत छानविन भएको छैन । जनताको ध्यान एकातिर केन्द्रित गर्ने र अर्कोतर्फ तस्करी मौलाउने अवस्था देखिएको छ । भर्खरै समातिएको करिव एक क्वीन्टल सुनको बारेमा पूर्व सभामुख र गृहमन्त्रीको समेत नाम जोडिएर समाचारहरु आएका छन । सुन भित्रयाउँदा मोटर साईकल र स्कुटरको ब्रेक सू भनेर भन्सार छलि भएको छ । यो एक, डेढ महिना यही प्रक्रियाबाट भित्रिएको भन्ने सुनिएको छ । अव निष्पक्ष छानविन हुन्छ भनेर विश्वास गर्ने ठाउँ छैन । यो प्रश्न राख्न चाहन्छु ।’

सांसद भट्टराईले जनताको ध्यान एकातिर मोडेर मुलुकमा सुन तस्करी गर्नेक्रम बढिरहेको जिकीर गर्दै त्यसलाई नियन्त्रण गर्न सरकार गम्भिर नभएको बताउनु भयो ।