२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

१०० किलो सुन तस्करी प्रकरणमा जाँचपास गर्ने कर्मचारी निलम्बित



अ+ अ-

काठमाडौँ । भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गेटबाट बरामद भएको सुनको जाँचपासमा संलग्न भन्सार कार्यालयका कर्मचारीहरुलाई निलम्बित गरेको छ । विभागले अनुसन्धानका लागि भन्दै उनीहरुलाई निलम्बन गरेको हो।

भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले सुन मोरेर ल्याइएको मोटरसाइकलको स्पेयर पार्टस् (डिस्क ब्रेक सु) जाँचपासमा संलग्न तथा त्यतिबेला ड्युटीमा रहेका र हस्ताक्षर गर्ने कर्मचारीलाई निमलम्बन गरिएको जानकारी दिनुभयो ।

विभागको अनुसन्धान शाखाको निर्देशकको नेतृत्वमा उनीहरुसहित अन्य कर्मचारीमाथि पनि छानबिन गर्न समिति गठन भएको छ। सो समितिले सबै पक्षको अनुसन्धान गर्दै प्रतिवेदन दिने र प्रतिवेदनका आधारमा संलग्नता देखिएमा अन्य कर्मचारी पनि निलम्बनमा पर्ने खड्काले बताउनुभयो।

राजस्व अनुसन्धान विभागले अवैधरुपमा सुन तस्करी भइरहेको भन्ने पूर्वसूचनाको आधारमा विशेष टोली नै बनाएर अपरेशन चलाएको थियो। सो क्रममा मंगलबार साँझ विमानस्थलको भन्सार गेटबाट बा २ ज २३२४ नम्बरको ट्याक्सीलाई नियन्त्रणमा लिइँदा ट्याक्सीमा मोटरसाइकलका स्पेयर पार्टस् (डिस्क ब्रेक सु) भेटिएको थियो। विभागको टोलीले ब्रेक सुहरु खोलेर हेर्दा त्यसमा सुन मोरेर ल्याइएको देखिएको थियो।

विभागलाई क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ–काठमाडौँ उडानबाट मंगलबार ठूलो परिमाणमा सुन काठमाडौं आएको सूचना प्राप्त भएको थियो। सुन मोरेर ल्याइएको ब्रेक सुसहितको स्पेयर पार्टस्हरु अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले मंगलबार दिउँसै जाँचपास गरेको थियो।

जाँचपास गरेर सम्बन्धित गन्तव्यतिर लैजान लागेको अवस्थामा विभागको टोलीले भन्सारको गेटबाट ट्याक्सीलाई नियन्त्रणमा लिएको हो। बरामद सुनको परिमाण झण्डै १०० किलो रहेको बताइएको छ।