• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

सुन काण्डमा नाम आएपछि पत्रकार सम्मेलन गर्दै मल्होत्रा, चरित्रहत्या गर्नेविरुद्ध कानूनी कारबाहीमा जाने



फाईल फोटो

काठमाडौँ । झण्डै एक सय किलो सुन बरामद प्रकरणमा आफ्नो नाम मुछिएपछि दीपक मल्होत्राले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

अवैध सुन आयात प्रकरणमा आफ्नो संलग्नताको आशंका गर्दै केही व्यक्ति र मिडियाले चरित्रहत्या गरेको भन्दै मल्होत्राले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

मल्होत्राले आफ्नो चरित्रहत्या गर्नेविरुद्ध मानहानीको मुद्दामा जाने बताएका छन् ।

राजस्व अनुसन्धान विभागले सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरिसकेको छ । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो ।