९ भाद्र २०८३, मंगलवार
,
Latest
भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करीमा सत्तारुढदलका नेताको नाम मुछिनु निकै गम्भिर बिषय: महासचिव पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिब शंकर पोखरेलले सुन तस्करीमा सरकारको नेतृत्व गरिरहेका दलका जिम्मेवार नेताहरुको नाम समेत मुछिनुले स्थिति निकै गम्भीर भएको बताउनु भएको छ ।

महासचिब पोखरेलले सामाजिक संञ्जालमा लेख्नुभएको छ “एअरपोर्ट जस्तो संवेदनशील ठाउको सुरक्षा प्रणाली र भन्सार प्रशासन समेत तस्करीमा प्रत्यक्ष जोडिएको देखिनु गम्भीर विषय हो । त्यसमाथि सुन तस्करीमा सरकारको नेतृत्व गरिरहेका दलका जिम्मेवार नेताहरुको नाम समेत मुछिनुले स्थिति निकै गम्भीर देखिन्छ ।”

उहाँले लेख्नुभएको छ-

दिनहु सुन तस्करीका समाचारहरु आईरहेका छन् । सुन तस्करीमा सडक मात्र होइन हवाई मार्गको समेत प्रयोग भईरहेको छ । केही दिन अघि इलेक्ट्रिक सिग्रेटमा लुकाई ल्याएको सुनलाई मिलोमतोमा छुट्टाउने प्रयास भएको समाचार सार्वजनिक भएको थियो । हिजो त एअरपोर्टको सुरक्षा प्रणालीलाई पारगरेर वाहिरिएको एकक्विन्टल सुन समातिएको छ ।

एअरपोर्ट जस्तो संवेदनशी ठाउको सुरक्षा प्रणाली र भंसार प्रशासन समेत तस्करीमा प्रत्यक्ष जोडिएको देखिनु गम्भीर विषय हो । त्यसमाथि सुन तस्करीमा सरकारको नेतृत्व गरिरहेका दलका जिम्मेवार नेताहरुको नाम समेत मुछिनुले स्थिति निकै गम्भीर देखिन्छ ।

राष्ट्रलाई नै लज्जित बनाउने यस्ता घटनामा जनप्रतिनिधिमुलुक निकाय प्रतिनिधिसभाको ध्यान गम्भीररुपमा जानु आवश्यक छ ।