४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

काँग्रेस बैठकमा प्रदेश सभापतिहरुको गुनासो

काँग्रेस बैठकमा प्रदेश सभापतिहरुको गुनासो
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस मधेश प्रदेश सभापति कृष्ण यादवले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिनु नहुने धारणा राख्नुभएको छ ।

बुधवार पार्टीको केन्द्रिय कार्यसमिति बैठकमा बोल्दै उहाँले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिँदा घुुसपैठ हुनसक्ने भन्दै अनलाइन प्रणालीबाट दिनु नहुने धारणा राख्नुभएको हो । उहाँले यस विषयमा पुनःविचार गर्नुपर्ने बताउनु भयो । त्यस्तै उहाँले प्रदेश समितिलाई जिम्मेवारीबिहीन बनाइएको भन्दै प्रदेशलाई बाइपास नगर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘मधेस भनेको नेपाली काँग्रेसको जननी हो । मधेसबाट नेपाली काँग्रेसको जन्म भएको छ । र मधेस बलियो जब जब भएको छ, तब तब नेपाली काँग्रेस सत्तामा गएको छ । यो हामीले बिर्सनुपर्ने कुरा होइन । यो प्रदेश संरचना किन गठन गरियो ? सातवटा प्रदेशमा संरचना किन बनाइयो ? यदि यो प्रदेशलाई कुनै जिम्मेवारी दिनु छैन भने, जिम्मेवारीबिहिन बनाउनु छ भने यसलाई खारेज गर्दा हुन्छ । हामी जिल्लैमा बस्न तयार छौँ । जिल्लाकै संगठन गर्छौं । जे कार्यक्रम भएको छ डाइरेक्ट जिल्लालाई । प्रदेशलाई बाइपास गरेको छ । अनलाइनबाट ग¥यो भने काँग्रेसलाई सिध्याउने सब पार्टीको खेल छ । काँग्रेसलाई आघात पर्छ भन्ने मलाई डर लागेको छ । यसमा सचेत भएर हामी प्रक्रिया मिलाएर अगाडी बढ्नुपर्छ ।’

लुम्बिनी प्रदेश सभापति अमरबहादुर पुनले पनि काँग्रेसको संगठनात्मक कार्ययोजनामा प्रदेश समितिलाई जोड्ने काम नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले केन्द्रिय नेताहरुले प्रदेशलाई कमजोर बनाउन लागेको बताउनु भयो ।

बागमति प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सरकार र पार्टीका बीचमा समन्वय हुन नसकेको बताउनु भयो । उहाँले सरकार र पार्टीका बिचमा आपसी सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको निर्वाचन प्रणालीदेखि नेपाली काँग्रेसले बोकिरहेको एजेण्डाहरुको सम्बन्धमा पनि सोच्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘आज नयाँ पार्टीहरुले संघीयता र भ्रष्टाचारको मुद्दा उठाएर नयाँ पार्टीहरु मुलुकमा स्थापित भएको छन् । त्यतातिर हामीले ध्यान दिनुपर्ने हो कि ? मुलुकको निर्वाचन प्रणालीले अस्थिरता बढायो कि ? निर्वाचन प्रणालीले स्थायित्व र गणतन्त्रको संस्थागत विकास, मुलुकको समृद्धितिर कमजोरी भयो कि ? अबको एजेण्डा कांग्रेसले भोलि त्यो बाटोमा जानुपर्ने हो कि ? सरकार र पार्टीको बीचमा समन्वय नभएर पनि पार्टीका साथीहरुका बीचमा निराशा आएको हो कि ? पार्टी र सरकार तल्लो तहदेखि माथिसम्म संवाद र सम्पर्क एकअर्कामा एकता र सहकार्य हामीभित्र काहीँ कमजोरी भएको हो कि ? त्यसकारणले पार्टी र सरकार बीचको तलदेखि माथिसम्म पार्टीलाई परिचालित गर्दै जनप्रतिनिधिसँग सम्वाद चलाउने कुरा केन्द्रले गर्नुपर्ने हो कि ?’

उहाँले नेपाली काँग्रेसको कार्ययोजना र सांगठनिक तालिकामा प्रदेश समितिलाई नजोडिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।