१९ भाद्र २०८३, शुक्रबार
,
Latest
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुटपिट गरी सामाजिक सञ्जालमा भिडियो राख्ने तीन जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले कुटपिट गरी सामाजिक सञ्जालमा भिडियो राख्ने तीन जनालाई पक्राउ गरेको छ ।

गत शुक्रबार सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं ९ स्थित राजाबास चिहान डाँडाको कोशी किनारमा कुटपिट गरी भिडियोसमेत बनाई सामाजिक सञ्जालमा उक्त भिडियो राख्ने पाँच जना मध्ये ३ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार १९ वर्षीय प्रिति लिम्बुलाई सोही दिन महेन्द्रनगरबाट पक्राउ गरिएको थियो । लिम्बुमाथि अभद्र व्यवहार मुद्दा अन्तर्गत पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाईएको छ ।

उक्त घटनामा संलग्न प्रतीवादीहरु लुकिछिपी बसिरहेको अवस्थामा सैनिकटोल बस्ने १८ वर्षीय दुर्गा राई र २२ वर्षीय बिनिता उराँउलाई इप्रका महेन्द्रनगरबाट खटिएको टोलीले सुनसरीको ईटहरी बजारबाट पक्राउ गरेको हो । फरार रहेका थप २ जनाको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।