२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुटपिट गरी सामाजिक सञ्जालमा भिडियो राख्ने तीन जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले कुटपिट गरी सामाजिक सञ्जालमा भिडियो राख्ने तीन जनालाई पक्राउ गरेको छ ।

गत शुक्रबार सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं ९ स्थित राजाबास चिहान डाँडाको कोशी किनारमा कुटपिट गरी भिडियोसमेत बनाई सामाजिक सञ्जालमा उक्त भिडियो राख्ने पाँच जना मध्ये ३ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार १९ वर्षीय प्रिति लिम्बुलाई सोही दिन महेन्द्रनगरबाट पक्राउ गरिएको थियो । लिम्बुमाथि अभद्र व्यवहार मुद्दा अन्तर्गत पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाईएको छ ।

उक्त घटनामा संलग्न प्रतीवादीहरु लुकिछिपी बसिरहेको अवस्थामा सैनिकटोल बस्ने १८ वर्षीय दुर्गा राई र २२ वर्षीय बिनिता उराँउलाई इप्रका महेन्द्रनगरबाट खटिएको टोलीले सुनसरीको ईटहरी बजारबाट पक्राउ गरेको हो । फरार रहेका थप २ जनाको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।