• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा एकजना पक्राउ



काठमाडौँ । काठमाडौँको सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटका २८ वर्षीय खजाञ्ची पासवान रहेका छन् । उनलाई प्रहरी वृत्त गौशाला लगिएको छ ।

बुधबार बिहान सिनामंगलमा शंकास्पद वस्तु भेटिएको थियो । जसलाई नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ ।

सिनामंगल पुल नजिकै एउटा शंकास्पद वस्तुसँगै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारीको पर्चा पनि भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

संयोजक सफलका नाममा रहेको पर्चामा लेखिएको थियो, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुस् तपाईंको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला ।’