११ असार २०८३, बिहीबार
,
Latest
स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी : अमेरिकी मन्त्री डोनाल्ड लू को टेलिफोन, नेताहरू अन्यौलमा



अ+ अ-

काठमाडौ । अमेरिकाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे तत्काल निर्णय लिन प्रमुख दलका नेताहरुलाई आग्रह गरेको छ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू ले बिहीबार प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टोलिफोन गरी तत्काल निर्णय लिन आग्रह गर्नु भएको हो ।

स्रोतका अनुसार मन्त्री लूले गलत सूचनाका आधारमा गर्ने निर्णयले लगानीकर्ता र दाताको नेपाल प्रतिको विश्वासमा असर पुग्ने उल्ल्लेख गर्नु भएको थियो । अमेरिकाले एमसीसीका बारेमा २८ फेब्रुअरी (१६ फागुन गते) भित्र निर्णय लिन नेपाललाइ समयसीमा दिएको छ ।

एमसीसीलाइ संसदीय अनुमोदन गराउनु पर्ने भए पछि त्यसको पक्ष र विपक्षमा जनमत बाझिएको छ । निकट भविश्यमै स्थानीय तहका साथै संघीय संसद र प्रदेशको चुनाव हुन लागेकाले माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) आफ्नो जनमत गुम्ने भयबाट ग्रस्त छन् । उनीहरू एमसीसीलाइ तत्काल यसै संसदबाट अनुमोदन गर्न नहुनेमा अडिग देखिएका छन् ।

नेपाली काँग्रेसको आज बसेको कार्यसम्पादन समितिको बैठकमा वर्तमान सत्ता गठबन्धन तोडेर भए पनि नेपाली काँग्रेसले एमसीसी अनुमोदन गर्नुपर्ने बारेमा छलफल भएको थियो ।

आजै अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री देउवा र नेता माधव नेपालबीच बालुवाटारमा बैठक पनि बसेको थियो ।