२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपक्षी दललाई प्रधानमन्त्रीको प्रश्न : ‘कू’ को अर्थ के हो ?



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कू’को अर्थ विपक्षी दलहरुले गलत प्रयोग गरेको बताउनुभयो । आइतबार बालुवाटारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले अर्थै नबुझी 'कू' गरेको आरोप लगाएको प्रतिप्रश्न गर्नु भएको हो ।

उहाँले विपक्षी दलहरुलाई प्रश्न गर्दै, 'दलीय पद्धतिमा दलीय अनुशासनको महत्व हुन्छ । दल छोड्ने अर्का दल खोल्ने अनुचित छ । एउटै दलमा बसेर गर्ने ? आफूले भनेजस्तो भएन भने प्रतिगमन भन्ने, 'कू' भन्ने ? 'कू' भनेको के हो ? बुझ्नु भएको छ  साथीहरुले ?', प्रश्न गरे, 'बर्मा जस्तै भएको छ ? संविधान अनुसार अगाडि बढ्दा 'कू' हुन्छ ? लोकतान्त्रिक पद्धतिमा अघि बढ्दा कू हुन्छ ?'

उहाँले संसदको मौजुदा गणित र मुलुकको आवश्यकता मेल नखाँदा संसद विघटन गर्नु परेको बताउनुभयो ।

राजनीतिक संस्कारहरू तोडिएको भन्दै संसद पनि सत्ताको लागि जे पनि गर्ने तर्फ अगाडि गएको उहाँले बताउनुभयो।