२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री गुरुङले लिए गोपनीयताको शपथ



अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकूदमन्त्री राजीव गुरुङले आज मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा उहाँलाई शपथ ग्रहण गराउनुभएको हो । प्रदेश प्रमुखको सरकारी निवासमा आयोजित शपथ ग्रहण समारोहमा उपसभामुख सिर्जना शर्मा, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य तथा सरकारी उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

गुरुङ यही जेठ ५ गते बुधबार गराइएको शपथ ग्रहण समारोहमा काठमाडौं भएका कारण उपस्थित हुनसक्नुभएको थिएन । नेकपा (एमाले) को समर्थनमा मनाङको प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित गुरुङ यसअघिको प्रदेश सरकारको पनि केही दिन युवा तथा खेलकूदमन्त्री हुनुभएको थियो ।