२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेलभित्रबाट टेकनाथ रिजालको गुनासो: षड्यन्त्रको सिकार भएँ



अ+ अ-

काठमाडौँ । नक्कली भुटानी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजालले आफ्नो लागि जेल जीवन नयाँ नभए पनि जुन आरोपमा हिरासतमा रहनुपरेको छ त्यसले दुःख लागेको बताउनुभएको छ ।

गत आइतबार जवाफदेहिता निगरानी समितिका संयोजक चरण प्रसाईंसहित अन्य अधिकारकर्मीहरु रिजाललाई भेटन त्रिपुरेश्वरस्थित केन्द्रिय कारागार पुग्नु भएको थियो ।

भेटबारे प्रसाईंले न्यूजपोलारसँग भन्नुभयो, “उहाँको आत्मबल कमजोर भएको देखिएन, अदालतले दूधको दूध पानीको पानी छुट्ट्याउनेमा आशावादी रहेको पायौँ ।”

रिजालको भनाइ उदृत गर्दै प्रसाईंले भन्नुभयो, “भुटानभित्रै मानव अधिकारका लागि लडिरहेका नेपाली भाषी भुटानी ९लोत्सम्पा० हरुका साथै हाल पूर्वी नेपालका शिविरहरुमा रहेका झन्डै साढे ६ हजार भुटानी शरणार्थीहरुको भविष्यका बारेमा चिन्ता लागेको छ ।”

आफुलाई यो प्रकरणमा फसाइएको दाबी गर्दै रिजालले भन्नुभयो, “यो मैले कल्पनासमेत नगरेको अवस्था उत्पन्न भयो ।” जेलभित्रको बसाइ ठिकै रहेको र आफ्नो स्वास्थ्यमा केही सुधार आएको उहाँले बताउनु भएको प्रसाईंले जानकारी दिनुभयो।

यो घटनामा वास्तविक अपराधीलाई फुत्काउने र अरुलाई फसाउने षड्यन्त्र हुन सक्ने भन्दै उहाँले बाहिरबाट खबरदार गर्नसमेत आग्रह गर्नुभएको प्रसाईंले जानकारी दिनुभयो ।

यो प्रकरणमा ठूलो जालो बुनिएको भन्दै रिजालले अदालतबाट आफूले न्याय पाउने आशा व्यक्त गर्नुभयो । अधिकारकर्मीहरुसँगको भेटमा उहाँले भन्नुभयो, “म पैसाको लागि शरणार्थी भएको होइन, कमाउनु पनि छैन, नागरिकको अधिकारका लागि लडेँ, षड्यन्त्रकारीहरुले फसाउने प्रयास गरे ।”

भुटानी मानव अधिकारवादी नेता रिजाललाई भेट्न जानेहरुमा प्रसाईंसहित इन्हुरेड इन्टरनेशनलका अध्यक्ष डा गोपालकृष्ण शिवाकोटी, एमनेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष विपीन बुढाथोकी, पूर्वअध्यक्ष राजन कुइँकेल, निर्देशक निरञ्जन थपलिया, डा केदार नरसिंह केसीलगायतका अधिकारकर्मीहरु हुनुहुन्थ्यो ।

यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँको आदेशले थुनामा रहेका भुटानी नेता टेकनाथ रिजाललाई तत्काल रिहा गर्न ‘राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियान’ ले माग गरेको थियो ।




भर्खरै