२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday
Latest
वरिष्ठ गायिका देविका बन्दनालाई आईएनसीद्वारा सम्मान नागरिकलाई उद्यमशीलतामा जोड्दै हेफर कार्यक्रम । स्रोत नखुलेको रकम सहित पक्राउ म्यानमार सहयोग पठाउँदै सरकार रास्वपाको सचिवालय बैठक बुधबार नेपाल बुद्धले सिकाएको शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गर्ने देश होः सभामुख घिमिरे बिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठक बुधबार काठमाडौँमा भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा नेपाल उद्योग वाणिज्य महासंघद्धारा म्यानमारका भुकम्प पिडीतहरुका लागि राहत सामग्री हस्तान्तरण नेपाल–भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी इमर्जिङ कपः समूह ‘ए’ बाट श्रीलङ्का र बङ्गलादेश सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत श्रीलङ्का ‘ए’ ले ओमान ‘ए’ लाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

श्रीलङ्काले दिएको २ सय ६० रनको लक्ष्य पछ्याएको ओमान १७ ओभर १ बलमा ४२ रनमै अलआउट भएको हो । ओमानका कश्यप प्रजापतिले १८ र सुरज कुमारले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङतर्फ चमिका करुनारत्नेले ३ तथा दुनिथ वेलालेगे, प्रमोद मदुशन र लाहिरु समाराकूनले २र२ विकेट लिए ।

यसअघि घरेलु मैदानमा टस हारेर ब्याटिङ थालेको श्रीलङ्काले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५९ रन बनायो । श्रीलङ्काका पसिन्दु सूरियबन्दराले सर्वाधिक ६० रन बनाए । यस्तै शहन अर्चचिगेले ४८ र लसिथ क्रूरपुलेले ४२ रन जोडे ।

यो जितसँगै श्रीलङ्काले ३ खेलमा ४ अङ्कसहित समूह ‘ए’को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको छ । ३ खेलमा १ अङ्क पनि जोड्न नसकेको ओमान यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको थियो ।

यस्तै आजै भएको अर्को खेलमा बङ्गलादेश ‘ए’ले अफगानिस्तान‘ए’लाई २१ रनले हरायो ।

बङ्गलादेशले दिएको ३ सय ९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८७ रनमात्र बनाउन सक्यो । अफगानिस्तानका लागि रियाज हसनले ७८ र बहिर शाहले नटआउट ५३ रन बनाए । बलिङतर्फ बङ्गलादेशका तन्जिम हसन सकिबले ३ तथा रकिबुल हसन र सौम्य सरकारले २र२ विकेट लिए ।

यसअघि कोलम्बोमा टस जितेर ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ८ रन बनायो । बङ्गलादेशका महमुदुल हसन जोएले शतकीय इनिङ्स खेले । उनी १ सय १४ बलमा सय रन बनाएर आउट भए । यस्तै जाकिर हसनले ६२ रन बनाए । बलिङतर्फ अफगानिस्तानका सलीम सफीले ४ विकेट लिए ।

यो जितसँगै बङ्गलादेश ३ खेलमा ४ अङ्कसहित समूह ‘ए’को दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । अफगानिस्तान ३ खेलमा ४ अङ्क नै भए पनि नेट रनरेटमा पछि पर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

उता, समूह ‘बी’बाट भारत ‘ए’ र पाकिस्तानको ए’ टोली सेमिफाइनलमा पुगेका छन् ।