९ श्रावण २०८३, शनिबार
,
Latest
भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन मन्त्री रावल र चिनियाँ राजदूतबीच भेटवार्ता दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहुल गान्धीको पुनरावेदनमा शुक्रबार सुनुवाइ हुने



अ+ अ-

एजेन्सी । गुजरात उच्च न्यायालयको आदेशविरूद्ध विपक्षी नेता राहुल गान्धीले दायर गरेको पुनरावेदनउपर आगामी शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

मोदी थरलाई लिएर काङ्ग्रेस नेता गान्धीले गरेकोा टिप्पणीबाट आफूहरूको मानहानि भएको भन्दै भारतीय जनता पार्टीका नेता पूर्णेश मोदीले दायर गरेको उजुरीलाई सदर गर्दै सुरत अदालत र गुजरात उच्च अदालतले गान्धीलाई दोषी ठहर्याएका थिए ।

सुरत अदालतको निर्णयसँगै नेता गान्धीको लोकसभा सांसद पद खारेज भएको थियो । आफूले चुनावी सभामा मोदी थरलाई लिएर गरेको टिप्पणीको अपख्याख्या भएको उल्लेख गर्दै तल्ला अदालतले गरेका निर्णइलाई चुनौती दिँदै उहाँले सर्वोच्च अदालतमा पुनरावेदन गर्नुभएको थियो । उहाँका वकिलहरूका अनुसार उक्त अदालतले आगामी शुक्रबार सुनुवाइ गर्ने जानकारी दिएको छ ।