१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी

एमसीसी पास नभए सम्बन्ध पुनरावलोकन गर्ने अमेरिकाको दवाबयुक्त चेतावनी

एमसीसी पास नभए सम्बन्ध पुनरावलोकन गर्ने अमेरिकाको दवाबयुक्त चेतावनी
अ अ+ अ-

काठमाडौ । अमेरिकाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे तत्काल निर्णय लिन प्रमुख दलका नेताहरुलाई आग्रह गरेको छ।अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू ले बिहीबार प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टोलिफोन गरी तत्काल निर्णय लिन आग्रह गर्नु भएको हो ।

शिर्षनेता संग टेलिफोन सम्वादमा समयमा संगै रहनु भएका एक नेताले न्यूजपोलारसंग भन्नुभयो "फेब्रुअरी २८ सम्म यदी नेपालले एमसीसी सम्झौता अनुमोदन नगरेमा अमेरिकाले नेपालसँगको सम्बन्ध पुनरावलोकन हुने चेतावनी दिईएको थियो ।" टेलिफोन सम्बाद उदृत  गर्ने उहाँले भन्नुभयो "एमसीसी फिर्ता भए अमेरिकी अनुदान सहयोग चीनले हस्तक्षेप गरेर स्थगित गराएको अर्थमा बुझ्ने चेतावनी समेत दिएका छन् । "

अमेरिकाले एमसीसीका बारेमा २८ फेब्रुअरी (१६ फागुन गते) भित्र निर्णय लिन नेपाललाइ समयसीमा दिएको छ । एमसीसीलाइ संसदीय अनुमोदन गराउनु पर्ने भए पछि त्यसको पक्ष र विपक्षमा जनमत बाझिएको छ । निकट भविश्यमै स्थानीय तहका साथै संघीय संसद र प्रदेशको चुनाव हुन लागेकाले माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) आफ्नो जनमत गुम्ने भयबाट ग्रस्त छन् । उनीहरू एमसीसीलाइ तत्काल यसै संसदबाट अनुमोदन गर्न नहुनेमा अडिग देखिएका छन् ।

नेपाली काँग्रेसको बिहिवार बसेको कार्यसम्पादन समितिको बैठकमा वर्तमान सत्ता गठबन्धन तोडेर भए पनि नेपाली काँग्रेसले एमसीसी अनुमोदन गर्नुपर्ने बारेमा छलफल भएको थियो ।