२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस वर्षको दूर्वाष्टमी र गौरा पर्व भदौ ७ मा



अ+ अ-

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दूर्वाष्टमी र गौरा पर्व आगामी भदौ ७ गते बिहीबार पर्ने जनाएको छ ।

दूर्वाष्टमी व्रत अर्थात् गौरा पर्व मनाउने सन्दर्भमा, विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल र टेलिफोनको माध्यमसमेत प्रयोग गरी सर्वसाधारण जनतालाई भ्रम सिर्जना गराइरहेको र धर्म संस्कृतिमा समेत असर परिरहेको भनी विभिन्न माध्यमबाट यस समितिमा जानकारी प्राप्त भएकाले यस सम्बन्धमा समितिले निर्णय सार्वजनिक गरेको हो ।

दूर्वाष्टमी व्रत र गौरा पर्वको सन्दर्भमा यस समितिले विसं २०८० को चाडपर्व निर्णय गर्दा सम्बन्धित क्षेत्रका विद्वान् विदुषीसँग रायसुझाव लिई व्यापक छलफल गरेर निर्णय गरिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी र कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । समितिबाट निर्णय गरिएका चाडपर्व समावेस गरी प्रकाशित भएका पञ्चाङ्गमा भदौ ७ गते दूर्वाष्टमी व्रत र गौरा पर्वको उल्लेख गरिएको छ ।

उक्त पर्व सम्बन्धित क्षेत्रमा भदौ ७ गते मनाउनु हुँदैन र भदौ २१ गते मनाउनुपर्छ भन्ने बहस चलिरहेको जानकारी समितिमा प्राप्त भएको हुँदा समितिका तर्फबाट सम्बन्धित क्षेत्र समेतका विद्वान् ज्योतिषी, धर्मशास्त्रका विद्वान् र चाडपर्वका मर्मज्ञसँग विचारविमर्श गरेर विज्ञप्ति सार्वजनिक गरिएको समितिले जनाएको छ । रासस