२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन अगाडि सबैलाई खोप लगाइने छः प्रम



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव अगाडि नै  सबै जनतालाई खोप लगाईसक्ने ढंगले सरकारले काम गरिरहेको बताउनुभएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आईतबार पत्रकारसंगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले चुनावी वातावरण विगार्नेहरुले खोप र सार्वभौमसत्ताको प्रयोगका बारेमा जनतामा भ्रम श्रृजना गर्ने काम गरेको टिप्पणी गर्नुभयो ।

यसलाई उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र आफ्नै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालको नाम लिएर उनीहरुले चलाएको ‘सेन्टिमेण्टल ब्लाकमेलिङ’ भनी टिप्पणी गर्नुभयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले लोकतन्त्रलाई पराजित गर्न नसकेपछि प्रणाली भित्रै छिरेर लोकतन्त्रलाई हुडल्ने काम गरेको दाबी प्रधानमन्त्रीले गर्नुभयो ।
उहाँले भन्नुभयो  “सरकारले चुनाव भएपनि खोप ल्याउँछ । खोप लगाउँछ । चुनाव नभएपनि खोप ल्याउँछ । खोप लगाउँछ । आफ्नो सार्वभौमसत्ताको प्रयोग र खोप यसलाई संगै जोड्ै हुदैन । यो जनताको सेन्टिमेन्टसंग खेलवाड गरिएको कुरा हो । जनताले सार्वभौमसत्ताको प्रयोग गर्ने कुरा अहिले वातावरण विगार्ने चुनाव हुनै हुदैन भन्ने, चुनावसंग तर्सिने आफ्नो हालत कमजोर भएका प्रचण्ड माधव नेपाल जस्ता हरुको खेती हो यो । चुनाव भयो भने बेहाल हुन्छ । बेहाल त हुन्छ हुन्छ ।

बामपन्थी भनेको छ । देशभक्त भनेको छ । लोकतान्त्रिक भनेको छ । लोकतन्त्रका विरुद्ध लड्यो लड्यो , लोकतन्त्रलाई पराजित गर्न नसकेपछि भित्रै छिरेर अनि भित्रैबाट हुडल्ने काम गर्ने अनि लोकतन्त्रका नारा दिने ? ”
उहाँले नेपाली जनताले राष्ट्रपति कार्यालयमा भएको अनुशासनहिन, अराजकता र मर्यादाहिन क्रियाकलापमा संलग्न, दलिय प्रणालीलाई उलंघन गर्ने र अरु पार्टीमा विग्रह पैदा गरेर आफ्नो दुनो सोच्याउन खोज्ने अस्वस्थ्य प्रवृत्ति र तीनका अगुवाको मुल्यांकन गरिरहेको बताउनुभयो । उहाँले आफ्नो सार्वभौमसत्ताको सही ढंगले प्रयोग गर्नुपर्ने बेलामा सेन्टिमेन्टमा ल्याएर सार्वभौमसत्ता प्रयोग गर्नबाट बञ्चित गराउने काम गर्नु ‘सेन्टिमेन्टल ब्लाकमेलिङ’ भएको बताउनुभयो ।

उहाँले भन्नुभयो “जनताको भावनासंगको खेलवाड हो । सेन्टिमेण्टल ब्लयाकमेलिङ हो यो । जुन चलाईराख्न खोजिएको छ । जनतालाई यसरी दिग्भ्रमित गर्न खोजिएको छ । सार्वभौमसत्ताको प्रयोग र जनताको उपचार पाउने हक बेग्लाबेग्लै कुरा हो । जनताको उपचार पाउने हकलाई सम्मान गर्न सरकार लागिपरेको छ दिनरात । त्यसका लागि भोट वा मताधिकार जनताले केही कुराका लागि पनि साट्तैनन् । कुनै कुरा संग पनि । तर यहाँ सेन्टिमेण्टल व्लयाकमेलिङ गर्न खोजिएको छ । यो अभियानका पछाडि ब्लाकमेलरहरु छन् । दुषित उद्देश्यका ब्लाकमेलरहरु । ”
चुनाव अगाडि नै जनतालाई खोप लगाईसक्ने ढंगले मित्रराष्ट्र तथा खोप उत्पादकहरुसंग सरकारले कुरा गरिरहेको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले सही सत्य कुराको जानकारी गराएर भ्रम छर्नेहरुबाट जनतालाई जोगाउन सञ्चारजगतसंग आग्रह पनि गर्नुभयो ।
उहाँले भन्नुभयो “हामी चुनाव भन्दा अगाडि नै सबै जनतालाई खोप लगाईसक्ने प्रयासमा जुटेका छौ । विभिन्न मित्र राष्ट्रहरुसंग, खोप उत्पादकहरुसंग हामी डिल गरिरहेका छौ । अन्तराष्ट्रिय संघ संस्थाहरुसंग कुराकानी गरिरहेका छौ गम्भीरताका साथ । र जनतालाई यस्तो खालको सेन्टीमेण्टल व्लाकमेलिङ गर्ने खालको कुराबाट संञ्चारजगतले जनतालाई जोगाउनुपर्छ म साथीहरुलाई आग्रह गर्छु । ”
नेपालमा कोभिड–१९ विरुद्धको कोभिशिल्ड र भेरोसेल खोप लगाइएका छन् । अहिलेसम्म २१ लाख १३ हजार  ८० जनाले खोपको दोस्रो  र पाँच लाख १४ हजार २५३ जनाले पहिलो मात्रा लगाएका छन् ।