• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

बाजुरामा कुर्सीमा मृत भेटिए बुढीनन्दा कृषि शाखाका हाकिम



धनगढी । बाजुरामा बुढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख कुर्सीमा बसेको अवस्थामा मृत भेटिएका छन् ।

मंगलबार बिहान शाखा प्रमुख जयलाल दानी बूढीनन्दा नगरपालिका–२ कोल्टीमा आफ्नै सरकारी निवास अगाडि कुर्चीमा बसेको अवस्थामा मृत भेटिएका हुन् ।

उनको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र बोहराले जानकारी दिए ।

बूढीनन्दा नगरपालिका–७ पाण्डुसैन स्थायी घर भएका दानी नगरपालिकाले निवास प्रयोजनका लागि भाडामा लिएको घरमा बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।