• ७ असार २०८१, शुक्रबार
  •      Fri Jun 21 2024
  •   Unicode
Logo
Latest
★   रूसी नेता पुटिन थप शक्तिशाली कि कमजोर ? ★   सिमेन्ट उद्योगका जटिलता हटाउन सकारात्मक छौँ: उद्योगमन्त्री भण्डारी ★   नेपाली काँग्रेस संसदीय दलको बैठक जारी ★   प्याट कमिन्सअघि यी ६ बलरले टी–२० विश्वकपमा ह्याट्रिक लिएका थिए ★   सिमेन्ट उद्योगलाई उद्योगस्थलकै तौल पुल प्रयोग गरी उत्खनित खनिजको परिणाम मापनका लागि ६ महिना म्याद… ★   रास्वपाको चियापान कार्यक्रममा शीर्ष नेताहरु– तस्बिरहरु ★   कर्नाटक प्रहरीको खुलासाः प्रमाण नष्ट गर्नका लागि दर्शनले साथीसँग ४० लाख रुपैयाँ लिए ★   ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट ★   वातावरण व्यवस्थापनमा तीन प्रतिशत बजेट विनियोजन गर्दै चन्द्रागिरि नगरपालिका ★   पृथ्वीराजमार्गको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा

बाजुरामा कुर्सीमा मृत भेटिए बुढीनन्दा कृषि शाखाका हाकिम



धनगढी । बाजुरामा बुढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख कुर्सीमा बसेको अवस्थामा मृत भेटिएका छन् ।

मंगलबार बिहान शाखा प्रमुख जयलाल दानी बूढीनन्दा नगरपालिका–२ कोल्टीमा आफ्नै सरकारी निवास अगाडि कुर्चीमा बसेको अवस्थामा मृत भेटिएका हुन् ।

उनको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र बोहराले जानकारी दिए ।

बूढीनन्दा नगरपालिका–७ पाण्डुसैन स्थायी घर भएका दानी नगरपालिकाले निवास प्रयोजनका लागि भाडामा लिएको घरमा बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।