एजेन्सी । भारतमा कोरोना महामारीको दोस्रो लहर सुरुभएसँगै स्थगित भएको इन्डियन प्रिमियर लिग(आइपिएल)का बाँकी खेलहरु दुबई(युएई)मा गर्ने तयारी थालिएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले बाँकी खेलका लागि युएई वा इङ्ल्यान्डलाई विकल्पका रूपमा राखेको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार बिसिसिआईले आइपिएलका बाँकी ३१ खेल सेप्टेम्बर १५ र अक्टोरबर १५ को बीचमा आयोजना गर्ने तयारी गरेको हो ।
लिगमा सहभागी फ्रेन्चाइज टिमका सदस्यमा कोरोना देखिन थालेपछि मे ४ मा आइपिएल अनिश्चित कालका लागि स्थगित भएको थियो । स्थगित हुनुअघि लिगका ६० मध्ये २९ खेल सम्पन्न भइसकेका थिए ।
मे २९ मा बिसिसिआईको विशेष बोर्ड बैठक बस्दै छ । यही बैठकले आइपिएलका बाँकी खेलको मिति र स्थान तय गर्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।











